Loading...
यस्ता छन् नेपालका उद्योगीहरु, लकडाउनमा जनतालाइ छाक टार्न गाह्रो, खाने तेलको रेट बढ्यो

५ वैशाख, काठमाडौं । विभिन्न ब्राण्डका खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको छ । खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको खुद्रा विक्रेताहरूले बताएका छन् । उनीहरूको भनाइ अनुसार फ्याक्ट्रीबाटै मूल्य बढेर आएकोले मूल्य बढेको हो भने उद्योगहरूले ढुवानी खर्चमा भएको वृद्धिलाई कारण देखाएका छन् ।

एक लिटरको तेललाई खुद्रा व्यापारीले प्रतिलिटर १ सय ४५ रुपैयाँमा होलसेलबाट किनेर एक सय ५० रुपैयाँमा बेच्दै आएका थिए भने अहिले उक्त तेलको मूल्य एक लिटरमा १० देखि १५ रुपैयाँ बढेर आएको खुद्रा व्यापारीहरुले बताएका छन् ।

चैत्र १० सम्म एक सय ५० रुपैयाँमा बिक्री गरेको तेलको मूल्य अहिले एक सय ७० रुपैयाँ पर्छ । काठमाडौं लगायतका सहरमा तेल लगायत खाद्य वस्तुमा विनाकारण मूल्य बढेको भन्दै नेपाल चामल तेल दाल उद्योग संघले आपत्ति जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *