Loading...
समाजसेवी कन्थमनी प्रसाद जयसवालद्वारा १८३ परिवारलाई राहत वितरण

ओम प्रकाश यादव बैशाख ५ गते, शुक्रवार, रौतहट । कोरोना भाइरसले निम्त्याएको यस महासंकटको घडिमा रौतहट क्षेत्र नं ४ का अरु माननिय सांसदहरु हराएपनि सांसदकै प्रत्याक्षी एवं गरुडा निवासी समाजसेवी कन्थमनि प्रसाद जयसवालले यतिखेर राहत वितरण गरिरहेका छन । लकडाउनका कारण खाद्यान्नको अभावमा चिउरा, मुरी खाएर गुजारा चलाउने क्षेत्र नं ४ का अति विपन्न तथा गरिव परिवारहरुलाई राजपा नेपालका सांसदका प्रत्याक्षी समेत रहेका नेता कन्थमनी प्रसाद जयसवालले आफना निजी लगानीमा विगत केहि दिनदेखी गरिव, असाहाय परिवारहरुलाई खाद्यान्न सामग्रि वितरण गरिरहेका छन ।

निकै दयालु स्वभाव भएका समाजसेवी जयसवाल आज मात्रै ४६ जनालाई राहत बाँडेका हुन । रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफना निजी लगानीमा आज गढीमाई नगरपालिका ३ लक्ष्मीपुर गम्हरियाको दलितबस्तीमा ४६ जनालाई प्रति परिवार दश किलो चामल, तीन किलो आलु, एक किलो दाल, एक किलो प्याज, एक किलो नुन, आधा लिटर करुतेल, साबुन र मास्क आफनै हातले वितरण गरेका छन ।

राहत प्राप्त गर्नेहरुमा खाना नपाएर समस्यामा परेका मुसहर, दलित, मुस्लिम र अपांग रहेका छन । सो अवसरमा आफना छोटो मन्तव्य व्यक्त गर्दै समाजसेवी जयसवालले आफनै निजी लगानीबाट संकटको बेला समस्यामा परेकाहरुलाई सक्दो सहयोग गरिरहेको स्पष्ट पारेका हुन । नेता जयसवाल यसअघि गेडहीगुठी, मलाही र गरुडामा गरी अतिविपन्न १३७ परिवारलाई राहत प्रदान गरिसकेका छन । रौतहट निर्वाचन क्षेत्र नं ४ मा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य भएपनि अहिलेसम्म कसैले पनि राहत बाँडन नसकेको अवस्थामा समाजसेवी जयसवालले गरिवलाई सहयोग गरेको भन्दै उहाँको सर्वत्र प्रशंसा भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *