Loading...
समाजसेवी कन्थमनी प्रसाद जयसवालद्धारा २ सय ९१ परिवारलाई राहत वितरण

ओम प्रकाश यादव रौतहट, बैशाख ७ गते, आइतवार । राजपा नेपालका नेता एवं रौतहटको गरुडा निवासी समाजसेवी कन्थमनी प्रसाद जयसवालले आज मात्रै ५३ गरिव परिवारहरुलाई राहत वितरण गरेका छन । निकै दयालु तथा मयालु स्वभावका नेता जयसवालले लकडाउनका कारण खाद्यान्नको संकट झेलिरहेका अति विपन्न गरिव परिवारहरुलाई चन्द्रपुर नगरपालिका १० मा विभिन्न राहत सामग्रि वितरण गरेका हुन ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलिन नदिन सरकारले लागु गरेको लकडाउनका कारण सम्पूर्ण काम ठप्प भएकाले खासगरी अहिले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न तथा गरिव परिवारलाई खानपिन गर्न धौ धौ परिरहेको छ । महासंकटको घडिमा खाद्यान्नको अभावमा खाना नपाएर समस्यामा परेका अति विपन्न, असाहाय, निमुखा, अपांग, दलित तथा गरिव परिवारहरुलाई राजपा नेपालका रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी तथा रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफना निजी लगानीमा विगत केहि दिनदेखी निरन्तर खाद्यान्न सामग्रि वितरण गरिरहेका छन ।

समाजसेवी जयसवालले आज चन्द्रपुर नगरपालिका वडा नं १० को बाल्चनपुर, इनर्वा, बलुवा, घाघी र श्रीपुर टोलमा ५३ परिवारलाई राहत वितरण गरेका हुन । नेता जयसवाल सामाजिक दुरी समेत कायम गरी आफनै हातले प्रति परिवार दश किलो चामल, तीन किलो आलु, एक किलो दाल, एक किलो प्याज, एक किलो नुन, आधा लिटर करुतेल, साबुन र मास्क वितरण गरेका हुन । क्षेत्र नं ४ को विभिन्न गाउँ टोलमा गरी अहिलेसम्म २ सय ९१ परिवारलाई राहत वितरण गरिसकेको र अझै वितरण गर्ने कार्य जारी नै रहेको नेता कन्थमनी जयसवालले बताएका छन ।

महासंकटको यसघडिमा गरिवलाई सहयोग गर्नुको सटा निर्वाचित सांसदहरु बजेटको आश्मा बसेको अवस्थामा आफनै लगानीमा गरिव परिवारलाई सहयोग गर्ने समाजसेवी जयसवालसँग निर्वाचित सांसदहरुलाई पाठ सिक्नु जरुरी रहेको देखिएको छ । रौतहट निर्वाचन क्षेत्र नं ४ मा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य भएपनि अहिलेसम्म कसैले पनि राहत बाँडन नसकेको अवस्थामा समाजसेवी जयसवालले गरिवलाई सहयोग गरेको भन्दै उहाँको सर्वत्र प्रशंसा भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *