Loading...
रौतहटको क्वारेन्टाइनमा १८२ जना, १४७ जनाको रिपोर्ट नेगेटिभ

ओम प्रकाश यादव बैशाख ७ गते । रौतहटको क्वारेन्टाईनमा बस्नेहरुको संख्या आज १ सय ८२ पुगेको छ । ति मध्ये १ सय ६५ पुरुष र १७ जना महिला रहेका छन । लकडाउनको समयमा भारत लगाएत अन्य मुलुकबाट लुकिछिपी नेपाल प्रवेस गर्नेहरुलाई पक्राउ गरि क्वारेन्टाईनमा राखिने गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले बताएका छन ।

जिल्लाको विभिन्न स्थानीय तहमा गरी जम्मा ८ सय ३६ बेड संख्याको क्वारेन्टाईन सञ्चालनमा रहेको छ भने कोरोनाको संक्रमित संकास्पद विरामीलाई उपचार गर्नको लागि २५ बेडको आइशोलेसन कक्ष पनि तयारी अवस्थामा राखिएको नायब सुब्बा साहले बताए । यस जिल्लामा अहिलेसम्म कोरोनाको संक्रमित एक जना फेला परेको छ भने १ सय ४७ जनाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए । स्वाब परिक्षण गरिएका १४ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *