
बैशाख ८, भारतको बैङ्लोरबाट १० चैतमा नेपाल फर्किएकी २७ वर्षिय युवतीको बिहीबार आरडीटी गर्दा पोजेटिभ देखिएपछि काेशी अस्पताल भर्ना गरिएकाे थियाे । युवतीसँगै बैंगङलोरबाट आएकी अर्का युवतीको आरडिटी पनि नेगेटिभ देखिएकाे थियाे । यसको बारेमा सिरहा बस्ने शुभम्ले अरु पत्रकारहरुलाई सोध्दा यो समाचार सहि भएको पाएपछि उनले आफ्नो फेसबुकमा स्टेटस लेखेका थिए । एक युवतीको सुरुमा आरडीटी गर्दा काेराेना पोजेटिभ र पछि थ्राेट स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर यसै कुरालाई घुमाएर अन्य मिडियाले शुभम्लाइ टार्गेट नै गरेका छन् । शुभम् लाइ पक्राउ समेत गर्नका लागि प्रश्न उठाएका छन् । अहिले नेपाल भरि नै यस्तो समाचार आइरहेको छ कि शुरुमा आरडीटी गर्दा काेराेना पोजेटिभ र पछि थ्राेट स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । यसको बारेमा लेख्दैमा यो ठूलो घटना भै हाल्ने पनि होइन । शुभम् ले संघिय अनलाइन संग कुराकानी गर्दै भनेका छन् -‘” समाजमा सामाजिक सद्भाव बिगार्ने र भड्काउने मेरो कुनै पनि नियत छैन । उहाले स्थानीय पत्रकारहरुबाट पाएको जानकारी अनुसार नै स्टेटस लेखेको समेत बताएका छन् ।” हेर्नुहोस कोशी अनलाइन डट कमले यसकै बारेमा यस्तो लेखेका छन् ।
Facebook Comments