Loading...
विपदमा गाउँ गाउँमा राहत बाँड्दै कन्थमनी जयसवाल, ३२९ परिवारलाई राहत वितरण

ओम प्रकाश यादव बैशाख ८ गते, रौतहट । कोरोना भाइरसले निम्त्याएको महासंकटको यसघडिमा रौतहटका एकजना समाजसेवी गाउँ गाउँ पुगेर राहत बाँडिरहेका छन् । लकडाउनबाट समस्यामा परेकालाई खोजी खोजी गरुडाका समाजसेवी कन्थमनिप्रसाद जयसवालले विगत केहिदिन देखी राहत बाँडिरहेका हुन् ।

लकडाउनले दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने परिवारहरुलाई यतिखेर एक छाक टार्न धौ धौ परिरहेको छ महासंकटको यसअडिमा गरिव परिवारले राहतको आशमा भौकै बस्न बाध्य छन तर निर्वाचित सांसदहरुले उनिहरुको पिडा अझै बुभmन नसकेको अवस्थामा रौतहटकै एक मात्र सांसदका प्रत्याक्षी कन्थमनी जयसवालले समस्यामा परेका दलित, अपांग, विधवा लगाएत अति विपन्न परिवारहरुलाई खोजी खोजी राहत वितरण गरिरहेका छन । रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी तथा रौतहट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जयसवालले आज पनि गरुडा नगरपालिकाको वडा नम्बर ८ जिंगडिया र विर्ता टोलका ३८ परिवारलाई खाद्यान्न सामग्रि प्रदान गरेका छन् । समाजसेवी जयसवालले आफ्नो निजी लगानीमा प्रति परिवार दश किलो चामल, तीन किलो आलु, एक किलो दाल, एक किलो प्याज, एक किलो नुन तथा एउटा साबुन र एउटा माक्स बाँडिरहेका छन् ।

एकजनालाई खाद्यान्न राहत सहयोग गर्दा करिब एक हजार एक सय रुपैया खर्च लागिरहेको बताउने जयसवालले आज सोमवारसम्म गरुडा, गढिमाई र चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा गरी ३ सय २९ भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन । आफ्ना केही मान्छे गाउँमा पठाएर अति विपन्न परिवार छनौट गरी विपदमा परेकालाई सहयोग गरिरहेको जयसवाल बताउँछन् । विपत्तिको समयमा अति विपन्न परिवार भोकै नमरुन् भनेर आफूले सकेको सानो सहयोग गरिरहेको बताउने जयसवाल आवश्यकतानुसार सहयोग गर्दै जाने बताएका छन । महाविपदको यसघडिमा अरु माननिय सांसद हराएपनि नेता जयसवालले गरिव जनताको चुल्हो बाल्नको लागि खाद्यान्न उपलब्ध गराईरहेकोमा उहाँको यो कदम निकै सराहनीय रहेका भन्दै सर्वत्र प्रशंसा भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *