
ओम प्रकाश यादव बैशाख ८ गते, रौतहट । रौतहट निर्वाचन क्षेत्र नं १ ख विधानसभाबाट प्रदेश सांसदमा िनर्वाचित प्रदेश सांसद एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज रौतहटको तिन वटा स्थानीयतहमा मेडिकल सामग्रि वितरण गरेका छन ।
समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण, गरुडा नगरपालिका र यमुनाई गाउँपालिकामा सञ्चालित क्वारेन्टाईनमा खटेका स्वास्थ्यकमीहरुलाई पिपिई सेट, सर्जिकल मास्क, सेनिटाईजर सहितका अति आवश्यक स्वास्थ्य सामग्रि सयोग गरेका हुन । कोरोना भाइरसले विश्वमै महामारीको रुप लिएको बेला आफना ज्यान जोखिम राखेर कोरोना भाइरस संक्रमित शंकास्पद विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण नलागोस भन्ने उद्देश्यका साथ उनिहरुलाई मेडिकल सामग्रि प्रदान गरेको कृषि राज्य मन्त्री यादवले बताएका छन ।
प्रदेश सांसद तथा मन्त्री यादवले यसअघि पनि गृह जिल्ला रौतहटको विभिन्न सरकारी कार्यालय, क्वारेन्टाईन र गाउँ गाउँमा पुगेर दर्जन भन्दा बढि थान पिपिई सेट, सेनिटाईजर, सर्जिकल मास्क लगाएतका मेडिकल सामग्रि वितरण गरेका थिए ।
Facebook Comments