Loading...
ओलीको निशाना : नेकपा होइन समाजबादी-राजपा फुटाउने, मधेश केन्द्रित दलको बाटो के त ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ । धेरैले नेकपा फुट्ने अनुमान गरेको छ तर नेकपा नफुट्ने बरु अरु दलको फुट्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठकमा राखेका थिए । अर्थात नेकपा नफुट्ने भएपछी पकै पनि ओलीले समाजबादी र राजपा तिर बक्र दृष्टि राखेको कुरा सजिलै बुझन सकिन्छ ।

त्यसो भए अबको बाटो के त ?

हाल नेपालको अवस्थामा जनजाती, मधेशी फुट्ने होइन एक भएर अगाडी बढ्नु पर्छ । नेपालको विकास, समृद्धि र उतपिडीत जनताको हक हीत अधिकारको लागि एकजुट भएर हिड्नुको विकल्प छैन ।

नेपाल विकास नहुन र नेपाली जनताले अहिले सम्म सुख, शान्ति र अधिकारबाट बन्चित हुनुको कारण हामीलाई थाहा हुनु पर्ने कुरा हो । यस्को एउटा मात्र कारण हो देशमा वर्षै देखि एकल जातिय सत्ता हुनु  । बर्षौ देखि नेपालको सत्ता समिकरणमा बाहुनवादी प्रवृती हावी छ । जसका कारणले न त देशमा पूर्ण रुपमा शान्ती आयो न त विकासको गतिले तिव्रता पायो ।

एकल जातिय सत्ताबकाट बाहिर निस्कीएर एक राम्रो नेतृत्वको खाचो अहिले देशमा छ । र सत्ताको बाटो सम्हाल्न सक्ने एक सफल नेतृत्व कर्ता जनजाती समुदायबाट आउन आवश्यक देखिन्छ ।

यसै सन्दर्भमा अब हामी सिक्किमको कुरा गरौं । ९० को दशकमा सिक्किमको सत्ता नरबहादुर भण्डारीको हातमा थियो । जो की बाहुन थिए । त्यो समयमा सिक्किम अस्तित्व नै नभएको भारतको एउटा हिस्सा थियो । र भण्डारीको नेतृत्व रहदाँ सम्म सिक्किमा न त विकास भयो न त जनताले समाजिक न्यायको अनुभुती गर्न सक्यो । फलस्वरुप सिक्किमका जनताले जनजाती समुदायबाट उदाएका र जमिनीस्तर जोडीएका पवन चाम्लिङ (जनजाती)को हातमा सिकिक्मको जनताले सत्ताको बाटो सुम्पिदिएका थिए ।

पवनको हातमा सिक्किमको सत्ता आएसँगै त्यहाँको विकासले तिव्रता पायो । र सिक्मि भारतको एक विकसित राज्यको रुपमा पहिचान बनाउन सफल भयो । चामलीङले गरेको विकास र सामाजिक न्यायको अनुभुती दिलाएकै कारण सिक्किमको जनताको विस्वास उनी माथि अडिक रह्यो र त उनी  २५ बर्ष (५ कार्यकाल) मुखयमन्त्रीको रुपमा काम गर्ने मैका पायो । र हाल प्रेम सिंह तामाङका्े हातमा त्यहाँको सत्ता रहेको छ । र पनि विकास द्रुत गतिमा भइरहेको छ । तामाङ पनि सिक्कमका जनजाती नेता न हुन् । जनजाती नेताको हातमा सत्ता आएपछि भएको विकासका कारण नै सिक्मि भारतको एउटा नमुनाको राज्यको रुपमा प्रस्तुत भएको छ ।

सिक्किममा जसरी बाहुनको हातबाट सत्ता जनजातीको हातमा जाने वितिकै त्यहाँको विकासले तिव्रता पायो ठिक त्यस्तै नेपालमा भयो भने देश विकास, सामाजिक न्याय र जनताको हक अधिकारले स्थान पाउनेमा हामी ढुक्क हुन सक्छौँ । नेपालको विकास र समृद्धमा बाहुन र जनजातीमध्ये को कती सकृय छ भन्ने कुरा सायद हामी सबैलाई थाहा छ नै ।

हामी जनजाती नेतृत्वको कुरा गरौँ । लोडसेटिङबाट मुक्त गराएर अध्यारोबाट उज्यालो तर्फ लाने कुलमान घिसिङ जनजाती हुन् । जो जनताका लागि रात दिन एक गरेर काम गरिरहेका छन् । उहाँ आफ्नो मेहनत र लगनसिल्ताका साथै इमानदारिताले नेपाललाई लोडसेटिङ मुक्त गराउन सफल भएका छन् । त्यस्तै जनजजातीका नेता अशोक राई कै कुरा गर्रौ, जो कि हाल उपेन्द्र यादव नेतृत्वको समाजजवादी पाटीको नेता हुन् । कम्युनिष्ट राजनितीबाट आएका राई सँग पनि देश विकास, सामाजिक न्याय र जनातको हक अधिकारका लागि काम गर्न सक्ने भिजन छ ।

अब हामी हाम्रो विषयगत कुरा गर्रौ । नेपालको विकास र समृद्धिको बारे कुरा गरौं । अहिलेको अवस्थामा नेपालको विकास जरुरी छ । र यसका लागि हामी जनजाती, मधेशी एक हुनु जरुरी छ । हामी एक भएर देश विकास र समाजिक न्यायको लागि अघि बढ्दै देशको नेतृत्व लिने स्थान सम्म पुग्नु पर्छ न की छनीक स्वार्थका लागि कसैको पछाडी लागेर काम गर्नु पर्छ ।

नेपालको सत्ता जनजाती मधैशीको हातमा नआए सम्म उनीहरु सधैँ दोस्रो दर्जाको नागरिक बनेर बस्नु पर्ने हुन्छ । तसर्थ एक मात्र विकल्प छ नफुटौँ । एक भएर अगाडी बढौँ । नेपालको विकास गरौँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *