Loading...
माधोपुरमा राहत वितरण नगरिए आन्दोलन गर्ने समाजवादी पार्टिको वडा कमिटिको चेतावनी
ओम प्रकाश यादव बैशाख ९ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाले अहिले सम्म पनि वडा नं ६ माधोपुरमा राहत वितरण गर्न नसकेको भन्दै समाजवादी पार्टिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
समाजवादी पार्टिको माधवनारायण नगरको वडा कमिटिको आज बसेको बैठकले भोली बुधवारसम्म पनि वडा नं ६ माधोपुरमा राहत वितरण गर्न नसके नगरपालिकाको विरुद्ध आन्दोलन गर्न बाध्य हुने निर्णय गरेको छ । वडा कमिटिले आज प्रेस विज्ञप्ती निकालेर माधवनारायण नगरपालिकाले अहिलेसम्म पनि ५ वटा वडामा राहत वितरण गर्न नसेको भन्दै तुरुन्त बाँकी वडाहरुमा पनि राहत वितरण गर्न नगर प्रमुख विरेन्द्र यादवलाई ध्यानाकर्षण गराएको छ ।
वडा अध्यक्ष राजिव यादवको ढिलासुस्तीको कारण राहत वितरणमा ढिलाई भएको वडा कमिटिको ठहर छ । प्रदेश सरकारले उपलब्ध गराएको राहत नगर प्रमुख विरेन्द्र यादव आफनो गाउँ दिपही र उपप्रमुख सिमल साह आफनो गाउँ मिठुअवामा वितरण गरिसकेको र माधोपुर सहितको ५ वटा वडामा अहिलेसम्म पनि राहत बाडन नसकेको भन्दै भोलीसम्म माधोपुरमा राहत वितरण गर्न नसके वा राहत वितरण गर्न लिखित रुपमा कुनै ठोस जवाफ नदिए पर्सिदेखी नगरपालिका घेरा गर्ने देखि लिएर विभिन्न किसिमका आन्दोल गर्ने चेतावनी दिएको वडा अध्यक्ष विरझन यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगर प्रमुख विरेन्द्र यादवले राहत वितरण गर्न आफु तयार रहेको र वडा अध्यक्ष राजिव यादव अहिलेसम्म पनि गरिव परिवारहरुको लिस्ट नपाठएको कारण राहत वितरण गर्न ढिलाई भएको प्रतिक्रिया दिएका छन । राहत वितरण नहुनुमा आफनो कुनै दोष नरहेको र वडा अध्यक्ष यादवले नेम लिस्ट पठाउने वितिकै राहत वितरण गर्ने मेयर यादवले प्रस्ट पार्नुभयो । यस विषयमा डा अध्यक्ष यादवसँग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठन सकेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *