Loading...
लकडाउनलाई पाल्ना गराउन फतुवा विजयपुर न.पा.मा युवा परिचालन

ओम प्रकाश यादव बैशाख ९ गते, रौतहट । सरकारले लागु गरेको लकडाउन लाई पूर्ण रूपमा पालना गराउन रौतहटको इलाका प्रहरी कार्यालय फतुवा विजयपुरले आजदेखि फतुवा विजयपुर नगरपालिकाको प्रत्येक वडामा प्रहरीको रुपमा युवालाई परिचालन गरेको छ । नगरपालिकाको सहकार्यमा नगरको प्रतेक वडामा ७ जनाको दरले युवाहरुलाई परिचालन गरिएको ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक चन्द्र किशोरले बताएका छन् ।

विश्वमै महामारीको रूपमा तिब्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई पूर्ण रूपमा कडाइ गर्न तथा जनचेतना फैलाउने उदेश्यले नगरमा युवाहरुलाई परिचालन गरिएको इन्स्पेक्टर चन्द्रले बताए । आफूसँग प्रहरी जनशक्ति अपुग रहेका कारण युवाहरुलाई नै परिचालन गरिएको उनले बताए । नगरमा लकडाउनको व्यापक रूपमा उल्लंघन भइरहेको जनगुनासो आएकोले यस्तो कदम चालिएको र युवाहरुको परिचालनले अब लकडाउनको पूर्ण रूपमा पालना हुने इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *