Loading...
शब स्टेशन हर्षाहाको लापरवाहीले श्रीपुरमा विधुत उपकरणमा लाखौको क्षति

ओम प्रकाश यादव रौतहट, बैशाख १० गते । नेपाल विधुत प्राधिकरणको शब स्टेशन हर्षाहाको चरम लापरवाहीका कारण रौतहटको गरुडा नगरपालिका ९ श्रीपुरमा लाखौको विधुत उपकरणहरुमा क्षति पुगेको छ ।

हर्षाहा शब स्टेशनबाट सप्लाई भएको विधुत लाईनमा गएराति एक्कासी आएको हाई भोल्टेजको कारण श्रीपुर टोलका अधिकांश घरहरुमा रहेको टिभि, एलईडी, चार्जर लगाएतका विधुतीय सामग्रिहरु कामै नलाग्ने गरी जलेर नष्ट भएको छ । हर्षाहा शब स्टेशनका कर्मचारी उमेश यादवको लापरवाही र गैर जिम्मेवारीपनका कारण विधुत उपकरणहरु जल्दा करिव १० लाख रुपैया बराबरको क्षति भएको समाजवादी पार्टिका युवा नेता राजकुमार दासले बताउनुभएको छ ।

हाई भोल्टेज आईरहेको बारेमा आफुले विधुतका कर्मचारी पटेललाई पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरेका कारण उक्त क्षति भएको युवा नेता दासको भनाई छ । यस विषयमा विधुतकै कर्मचारी राम अयोध्या यादवसँग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठन सकेको छैन । श्रीपुरका स्थानीय बासिन्दाहरुले विधुतका कर्मचारी पटेलको बेवास्ताका कारण विधुत लाईनबाट आफुहरुलाई भएको क्षतिपुर्तिको माग गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *