Loading...
राहत वितरण नामावली त्रुटिपूर्ण, सच्याउन राजपा जिल्ला अध्यक्ष दासको माग

ओम प्रकाश यादव बैशाख १० गते, रौतहट । रास्ट्रिय जनता पार्टि ( राजपा) नेपाल जिल्ला कार्य समिति रौतहटले राहत वितरण गर्न स्थानिय तहहरुले बुझाएको राहत नामावली त्रुटिपूर्ण रहेको भन्दै यसलाई सच्याउन प्रदेश २ सरकारलाई ध्यानाकर्षण गराएको छ । राजपाका जिल्ला अध्यक्ष रामप्रवेस दास तत्माले आज प्रेस विज्ञप्ती निकालेर जनप्रतिनिधिहरु प्रदेश सरकारले उपलब्ध गराएको राहतमा पक्षपात गरी विपन्न वर्गालाई राहत बाँडनुपर्नेमा आफनै कार्र्यकर्ताहरुलाई मात्रै बाँडिरहेको भन्दै यस कार्यलाई कडा विरोध गरेका हुन ।

नेपाल सरकारले कोभिड १९( कोरोना भाइरस ) को माहामारी बाट बच्न घोषणा गरेको लकडाउनले सबभन्दा बढी बिपन्न, गरिव, दलित तथा ज्यालादारी गरि जिबिकोपार्जन गर्ने परिवारहरु यसको चपेटामा परेर कोरोना भाइरसको संक्रमण भन्दा पनि खाना नपाएर भोकै मर्न सक्ने अवस्थालाई मध्यनजर गरि प्रदेश २ सरकारले राहत प्याकेजको नीति अवलम्बन कार्यविधि सहित स्थानीय तहहरुमा राहत पठाएको थियो । सो कार्यविधिमा सर्वदलीय समिति गठन गरि पीडित परिवारहरुको पहिचान गरेर राहत वितरण गर्ने भनिएको थियो ।

प्रदेश सरकारको सो कार्यबिधीलाई टेकेर केही स्थानिय तहहरुले राहत वितरण कार्य गरेको छ तर धेरै जसो स्थानीय तहहरुले प्रदेश सरकारको सो कार्यविधिलाई बाइपास गरि आफनो मनोपली ढंगले राहत वितरण नामावली तयार गरेर बिपन्न परिवारहरुको साट्टो सम्पन्न परिवारहरुलाई राहत वितरण गरेको प्रति राजपाको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष दासद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिपतको यस घडीमा स्थानिय तहहरुको यस्तो निन्दनीय कार्य जारी नै रहेको अवस्थामा प्रदेश सरकार पुन दोस्रो चरणको राहत प्याकेज घोषणा गरी जिल्ला स्थित घरेलु तथा साना उधोग कार्यालय मार्फत राहत सामग्री खरिद गर्ने गरी स्थानिय तहहरुले तयार पारेको राहत नामावलीको आधारमा सिधै जनताहरुको घरमा राहत पुरयाउने व्यवस्था गर्नु दुखद भएको विज्ञप्तीमा उल्लेख छ । प्रदेश सरकारको यो निर्णयले फेरी सुखी सम्पन्न परिवारले मात्रै राहत पाउँने र आफुहरुले राहत नपाउँने हो कि जस्ता चिन्ता पीडित परिवारहरुमा थपिएको छ । प्रदेश सरकारको दोस्रो चरण को राहात प्याकेज स्थानिय तहहरुमा राहत अनुदान नपठाएर घरेलु तथा साना उधोग कार्यालयमा पठाउनु प्रदेश सरकारको यो कदमलाई राजपा नेपाल रौतहटले सराहनीय एवं स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेको छ तर राहत नामावलीको सन्दर्भमा प्रदेश सरकारलाई सजग हुन गम्भीर ध्यानाकर्षण गराएको हो ।

त्यस्तै वास्तविक पिडित परिवारलाई नदिई सम्पन्न परिवारलाई राहत बाँडने स्थानिय तहहरुलाई अनुगमन गरी कडा भन्दा कडा कार्यवाहीका लागि सम्बन्धि निकायसँग राजपा नेपाल जोडदार माग गरेको छ । राहत वितरण कार्य गुणस्तर तथा प्रभावकारी बनाउन राजपा नेपाल प्रदेश सरकारसँग जोरदार माग गरेको जिल्ला अध्यक्ष राम प्रवेस दासद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *