Loading...

ओम प्रकाश यादव रौतहट, बैशाख १० गते । रौतहटको क्वारेन्टाईनबाट आज साँझसम्म २ सय ५९ जनालाई फिर्ता गरिएको छ । जिल्लाको विभिन्न स्थानीयतहमा निर्मित क्वारेन्टाईनमा बसेका मध्ये समयावधि पुगेका २ सय ५९ जनालाई घर पठाईएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

बाहिरबाट आउनेहरुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्ने नियम अनुसार १४ दिनको बसाईमा पनि कोरोनाको कुनै लक्ष्ण नभेटिएपछि उनिहरुलाई क्वारेन्टाईनबाट फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ । त्यस्तै क्वारेन्टाईनमा रहेका मध्ये १ सय ६२ जनाको नमुना संकलन गरी परिक्षण गर्दा एक जनाको मात्रै रिपोर्ट पोजेटिभ आएको छ भने १ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको नायब सुब्बा साहले बताउनुभयो ।

३ सय ७१ जनाको आरडिटि परिक्षण गर्दा कसैमा पनि पोजेटिभ नदेखिएको समेत उहाँले बताउनुभयो । यसैविच जिल्लाको क्वारेन्टाईनमा बस्नेहरुको संख्या बुधवार साँझसम्म १ सय ८७ पुगेको छ । तिमध्ये १४ जना महिला र १ सय ७३ जना पुरुष रहेका छन । जिल्लाको विभिन्न स्थानीय तहमा गरी ८ सय ५१ बेड संख्याको क्वारेन्टाईन सञ्चालन अवस्थामा रहेको छ । क्वारेन्टाईनमा बस्नेहरुको औषधी उपचार, खानपिन लगाएतको व्यवस्था स्थानीय तहले गर्दै आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *