Loading...
पार्टी भित्रै संघर्ष गर्छु, पार्टी फुटाउने कुनै चलखेल छैन – मधेश आन्दोलनका नेतृ रेणु यादव

जनकपुरधाम, बैशाख ११ । रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजन हुन लागेको हल्लाका बीच रेणु यादवले आफु पार्टी भित्र संघर्ष गर्न तैयार रहेको बताएकी छिन । यादवले विभिन्न संचार माध्यमहरु संग कुरा गर्दै पार्टी भित्र कुनै विवाद नरहेको र यो अनावश्यक हल्ला रहेको टिप्पणी गर्नु भएको छ। मधेश आन्दोलनका अग्रणी महिला नेतृ यादव आफनो पार्टी भित्र पार्टी फुटाउने कुनै चलखेल नरहेको दावी समेत गर्नु भएको छ । नेतृ यादव पार्टीले कालो दिवस नमनाउने निर्णय गरेको अवस्थामा समेत मधेशको पक्षमा कालो दिवस मनाउने निर्णय गर्दै पार्टीै भित्र तरंग ल्याउनु भएको थियो । उहाँले आफु मधेश आन्दोनल र मधेशी सहितका शोषित पीडित जनताको पक्षमा सदैव अग्रणीमोर्चामा रहने प्रतिवद्धता समेत जनाउनु भएको छ। सरकारले ल्याएको अध्यादेशका कारण पार्टी फुटन लागेको हल्लाका बीच गए राति ११ बजे समाजवादी पार्टी र राजपा बीच एकीकरणको घोषणा भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *