Loading...
पार्टी विभाजनको हल्ला अफवाह हो यसको पछाडी नलाग्नुस – सांसद प्रदीप यादव

सरोज खिलाडी

समाजबादी पार्टीका सांसद प्रदिप यादवले पार्टी फुटाउने, अलग दल खोल्ने कुनै योजना नरहेको र त्यस्तो छलफल पनि नभएको बताउनु भएको छ ।

उहाले भन्नु भयो -“त्यस्तो केही छैन । अलग दल गठन गर्ने कुरै छैन । पार्टीभित्र सन्तुष्टि, असन्तुष्टि होला । त्यो स्वाभाविक कुरा होला । साथीहरू असन्तुष्ट नभएका होइनन् । तर पार्टी फुटाउने र दल नै अलग निर्माण गर्ने कुरा हल्ला मात्रै हो ।

उनले समाजवादी र राजपा एक भएर नयाँ पार्टी बनेको त्यसप्रति नै भरोसा रहेको बताएका छन् ।

बुधबार अबेर रातिराजपा नेपाल र समाजबादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने सहमति भएको छ । उहाले भन्नु भयो – “हामीलाई त्यही पार्टीप्रति नै विश्वास छ । भरोसा छ । आशा छ, यो पार्टी लोकतान्त्रिक पद्धतिबाट सबैलाई लिएर समावेशी हिसाबले अघि बढ्छ भन्ने विश्वास हामीले लिएका छौं । हाम्रो आस्था यही पार्टीमा छ । अलग पार्टी खोल्ने, दर्ता गर्ने हाम्रो कुनै मनशाय छैन ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *