Loading...
मधेशी दल फुटाउन खोज्ने केपी ओली कालीदास, उल्टोतिर बसेर रुख काट्ने अभियानमा फेल

सरोज खिलाडी

कम्युनिष्ट सरकार सुरु भएपछी नै मधेसका राजनीतिक दलहरुबीच फुट र विभाजन ल्याउने प्रयास गर्दै आएका थिए । मधेश केन्द्रित दलको विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको थियो । सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । यसकोे रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेलामा सरकार भने बेमौसमको काममा व्यस्त भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ ।

ओलीको निशानामा समाजबादी र राजपा

ओली सरकारले सुरुमा समाजवादी पार्टीलाई सरकारमा ल्याएर राजपालाई बाहिरै राखे । सरकारमा मन्त्री बनेका इस्तियाक राईलाई उपेन्द्र यादवविरुद्ध प्रयोग समेत गरेका थिए। अन्ततः समाजावदी पार्टीलाई सरकारबाट बाहिर पठाए । राजपासँग राष्ट्रियसभाको चुनावमा तालमेल गरे । प्रदेश २ र केन्द्र सरकारमा पनि राजपालाई ल्याउने र प्रादेशिक सरकार ढाल्ने प्रयास गरे । तर, ओलीले हालेको ‘घाँस’मा राजपाका नेताहरु बिकेनन् र सरकारमा गएनन् ।

पछिल्लो समयमा राजपा नेपाल र समाजबादी पार्टी ले ओली सरकारलाई समर्थन गर्न छाडे पछि ती दलहरु फुटाउन ओलीबाट सुरुदेखि नै चलखेल र षडयन्त्र भै रहेको थियो। उनी कालीदासको जस्तो उल्टोतिर बसेर रुख काट्ने अभियानमा लागे । र, आज उनको मधेसको राजनीतिक शक्तिलाई फुटाउने रणनीतिमा कम्मर कसेर लागे।

तर मधेश केन्द्रित दल हरुले पार्टी एकीकरण गरेर ओली लाइ मधेश राजनितींबाटै रिङ्ग बाहिर फ्याली दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *