
काठमाडौं । समाजबादी पार्टी र राजपा नेपाल मिलेर नव गठित जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले देखेको दिवा सपना सिसा झैँ टुक्रा टुक्रा भएको बताएका छन् । दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका नेता यादवले यस्तो प्रतिक्रिया दिएका हुुन् ।
उनले संघीय लोकतानित्रक गणतन्त्रलाई रक्षा गर्न पार्टी एकता गरेको बताएका छन् । उहाले भन्नु भयो – “ओलीजी धेरै सपना देख्ने मानिस भएको भन्दै उनको सपनाको कुनै अर्थ हुदैन ।” त्यसै गरि नेता राजेन्द्र श्रेष्ठले लकडाउनका बेला अध्यादेश ल्याएर केपी ओलीले राजनीतिमा अपराधीकरण र भ्रष्टिकरण निम्त्याएको बताउनु भएको छ।
Facebook Comments