Loading...
फुटाउन लागेको पार्टि एकता गरेपछि कुनै बेला आफ्नै दल फुट्ने डरले ओलीले अध्यादेश फिर्ता लिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् । आज बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएका हुन् ।

‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले बतायो ।
समाजबादी र राजपा नेपाल लाइ फुटाउन ल्याएको बिधेयक को दबाब मा समाजबादी र राजपा नेपाल ले रातारात पार्टी एकता गरेर दल दर्ता गर्न निर्वाचन आयोग मा पुगेपछि ओलीले यस्तो निर्णय गरेको समाजबादी पार्टी का एक नेताले बताएका छन् ।

आज बिहान अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए । नेकपा उच्च स्रोतका अनुसार पार्टीभित्रै विवाद भएपछि ओली ब्याक हुन तयार भएका हुन् । ओलीले हतारमा ल्याएका बिधेयक माथि टेकेर नेकपा पनि फुट्न सक्ने अनुमान नेकपा कै नेताहरुको रहेको छ l

प्ली र अर्का अध्यक्ष प्रचण्ड बीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *