Loading...
पार्टि एकता गरेकोमा नयाँ उर्जा प्राप्त भएको भन्दै राजपा र समाजवादीलाई नेता दासले दिए बधाई

ओम प्रकाश यादव बैशाख ११ गते, रौतहट । रास्ट्रिय जनता पार्टि ( राजपा) नेपालका रौतहट जिल्ला अध्यक्ष रामप्रवेस दास तत्माले राजपा र समाजवादी पार्टिबिच भएको एकताले देशमा एउटा बैकल्पिक शक्ति निर्माण भएको बताएका छन ।

मध्यराति समाजवादी र राजपा नेपालबीच एकता घोष्णा भएको छ । दुवै पार्टिबीच भएको एकतालाई अध्यक्ष दासले बैकल्पिक शक्ति निर्माणको संज्ञा दिएका छन । समाजवादी र राजपाबीच एकता भएपछि थप उर्जा प्राप्त भएको समेत उनले बताएका छन । कोरोना भाइरसले निम्त्याएको महासंकटको यसघडिमा दुई ठुला मधेशवादी दल समाजवादी र राजपाबीच एकता हुनुले कोरोना विरुद्धको लडाई लडन थप उर्जा मिलेको राजपा अध्यक्ष दासले प्रस्टयाएका छन । नेता दासले ढिलै भएपनि पार्टि एकता गरेकोमा महन्थ ठाकुर, बाबुराम भटराई, राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र यादव, शरतसिंह भण्डारी लगाएका नेताहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका छन । दुवै पार्टिको मिलनले देशमा नयाँ तरंग पैदा भएको र देशले नै एउटा ठुलो बैकल्पिक शक्ति पाएको अध्यक्ष राम प्रवेस दासको ठम्याइ रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *