Loading...
पार्टि एकता गरेकोमा ठुलो उर्जा प्राप्त भएको भन्दै राजपा र समाजवादीलाई नेता दासले दिए बधाई

ओम प्रकाश यादव बैशाख ११ गते, रौतहट । समाजवादी पार्टिका युवा नेता राजकुमार दास तत्माले रास्ट्रिय जनता पार्टि (राजपा) नेपाल र समाजवादी पार्टिबिच भएको एकताले देशमा एउटा बैकल्पिक शक्ति निर्माण भएको बताएका छन । मध्यराति समाजवादी र राजपा नेपालबीच एकता घोष्णा भएको छ ।

दुवै पार्टिबीच भएको एकतालाई नेता दासले बैकल्पिक शक्ति निर्माणको संज्ञा दिएका छन । आज विहान सञ्चारकर्मीसँग कुराकानी गर्दै युवा नेता दासले समाजवादी र राजपाबीच एकता भएपछि थप उर्जा प्राप्त भएकोे बताएका छन ।

कोरोना भाइरसले निम्त्याएको महासंकटको यसघडिमा दुई ठुला मधेशवादी दल समाजवादी र राजपाबीच एकता हुनुले कोरोना विरुद्धको लडाई लडन थप उर्जा मिलेको नेता दासले प्रस्टयाएका छन । नेता दासले ढिलै भएपनि पार्टि एकता गरेकोमा महन्थ ठाकुर, बाबुराम भटराई, राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र यादव, शरतसिंह भण्डारी लगाएका नेताहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका छन । दुवै पार्टिको मिलनले देशमा नयाँ तरंग पैदा भएको र देशले नै एउटा ठुलो बैकल्पिक शक्ति पाएको उनको ठम्याइ छ ।

दुवै पार्टिविच भएको एकताले समाजवादी र राजपाका नेता कार्यकर्ता निकै उत्साहित भएको उनले बताए । लकडाउनको समयमा अहिले भिडभाड गर्न नपाउने र घरबहिर निस्कन नपाईने भएकोले घरमै बसी मनमनै खुसीयाली मनाउन नेता दासले सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

एक अर्को प्रसंगमा नेता दासले दुवैपार्टि बस्च भएको एकता सहमतिपत्रमा राजपाका चार जना अध्यक्ष मण्डलका सदस्यले हस्ताक्षर गरे पनि अनिल झा र सरतसिंह भण्डारीले हस्ताक्षर नगर्नुले दुवै जना एकताको पक्षमा नरहेको कुरा प्रस्ट भएको बताए । दुवैपार्टिबीच यसअघिदेखी नै एकताको प्रयास हुँदै आएको भएपनि झा र यादवकै कारण पार्टि एकता हुनबाट धकेलिदै आएको समेत उनले बताए । असन्तुस्ट झा र यादव पनि पार्टिमा आउँने नेता दासले विश्वास गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *