Loading...
बाँकी वडाहरुमा तुरुन्त राहत बाँडन राजपा नेता संजीव यादवको माग

ओम प्रकाश यादव बैशाख ११ गते, रौतहट । रास्ट्रिय जनता पार्टि (राजपा) नेपालका रौतहट निर्वाचन क्षेत्र नं १ ख विधानसभाका अध्यक्ष संजीव कुमार यादवले बाँकी वडाहरुमा यथासिघ्र राहत उपलब्ध गराउन माधवनारायण नगरपालिकालाई ध्यानाकार्षण गराएको छ । नगरपालिकाको वडा नं १,२, ५,७ नं वडामा राहत वितरण भइसकेको र वडा नं ६ मा वितरण हुने क्रममा रहेको छ । राहत वितरण हुन बाँकी रहेको वडा ३,४ र ८ मा तुरुन्त राहत वितरण गर्न अध्यक्ष यादवले नगर प्रमुख विरेन्द्र यादवसँग जोडदार माग गरेका छन ।

राजपा नेता संजिव यादवले क्षेत्र नं १ ख भित्र पर्ने यमुनामाई, दुर्गा भगवती गाउँपालिका र गढिमाई तथा गरुडा नगरपालिकाको बाँकी वडाहरुमा पनि तुरुन्त राहत वितरण गर्न माग गरेका छन । राहत वितरणमा ढिलाई हुँदा गरिव परिवारहरुलाई खानपिन गर्न समस्या भइरहेको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *