Loading...
समाजसेवी कन्थमनी जयसवालद्धारा ५२५ परिवारलाई राहत वितरण, ५७ परिवारलाई खाद्यान्न सहयोग

ओम प्रकाश यादव रौतहट, बैशाख ११ गते । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई गाउँ गाउँमा पुगेर रौतहटका एकजना समाजसेवी राहत बाँडिरहेका छन् । रौतहट क्षेत्र नं ४ का राजपाका सांसदका प्रत्याक्षी समेत रहेका गरुडा निवासी समाजसेवी कन्थमनिप्रसाद जयसवालले आफनै लगानीमा विगत केहिदिन देखी गरिव परिवारहरुलाई खोजी खोजी राहत बाँडिरहेका हुन् ।

लकडाउनले दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने परिवारहरुलाई यतिखेर एक छाक टार्न धौ धौ परिरहेको छ महासंकटको यसअडिमा गरिव परिवारले राहतको आशमा भौकै बस्न बाध्य छन तर निर्वा्िचत सांसदहरुले उनिहरुलाई अझै राहत बाँडन नसकेको अवस्थामा समाजसेवी जयसवालले समस्यामा परेका दलित, अपांग, विधवा लगाएत अति विपन्न परिवारहरुलाई आफना निजिी लगानीमा खोजी खोजी राहत वितरण गरिरहेका छन । अहिलेसम्म गरुडा, चन्द्रपुर, गढिमाई नगरपालिकामा ४ सय ६८ भन्दा बढि गरिव परिवारलाई राहत वितरण गरिसकेका समाजसेवी कन्थमनी जयसवालले आज पनि वृन्दावन नगरपालिका १ रमौली सहितको विभिन्न टोलमा गरी ५७ अति विपन्न परिवारहरुलाई खाद्यान्न सामग्रि वितरण गरेका हुन । सो अवसरमा वृन्दावन नगरपालिकाका राजपाका नगर कमिटि अध्यक्ष पर्सुराम चौधरी, प्रहरी प्रशासन, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

अहिलेसम्म ५ सय २५ परिवारलाई राहत वितरण गरिसकेको नेता जयसवालले बताए । समाजसेवी जयसवालले प्रति परिवार दश किलो चामल, तीन किलो आलु, एक किलो दाल, एक किलो प्याज, एक किलो नुन तथा एउटा साबुन र एउटा माक्स बाँडिरहेका छन् । एकजनालाई खाद्यान्न राहत सहयोग गर्दा करिब एक हजार एक सय रुपैया खर्च लागिरहेको उनी बताउँछन । आफ्ना केही मान्छे गाउँमा पठाएर अति विपन्न परिवार छनौट गरी विपदमा परेकालाई सहयोग गरिरहेको जयसवाल बताउँछन् । विपत्तिको समयमा अति विपन्न परिवार भोकै नमरुन् भनेर आफूले सकेको सानो सहयोग गरिरहेको बताउने जयसवाल आवश्यकतानुसार सहयोग गर्दै जाने बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *