Loading...
सपा-राजपाबीच एकता हुँदा मधेशमा खुशीको रौनक, दिपावली र बाजा बजाएर स्वागत (भिडियो)

प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिदै खुसीयाली मनाएका छन ।

समाजवादी र राजपाबीच भएको एतिहासिक एकताले नयाँ यात्रा सफल, सार्थक र राष्ट्र निर्माणमा कोसेढुंगा साबित हुने प्रदेश २ का जनता विश्वास व्यक्त गरेका छन । समाजवादी र राजपाबीच एकिकरण भएकोमा प्रदेश २ का सिरहा,सप्तरी, धनुषा,महोतरी, सर्लाही, रौतहट सहितका जिल्लाहरुमा दुवै पार्टिका नेता कार्यकर्ताहरुले समाजिक दुरी कायम गर्दै दियो बालेर दिपावली गरेर खुसीयाली मनाएका छन । सिरहाको बन्दिपुर र बस्तीपुरमा हिजो साँझ जसपाका कार्यकर्ताहरुले दुवै पार्टिबीच भएको एकिकरणको खुसीयालीमा दिपावली गरेका छन ।दुवै पार्टिको एकताले देशमा अब जनता समाजवादी पार्टि बैकल्पि शक्तिको रुपमा उदय भएको भन्दै तराई मधेशका जनता निकै उत्साहित भई खुसीयाली मनाएका छन । सपा र राजपाबीच एकिकरण भाई नवगठित जनता समाजवादी पार्टि अब आउँदा दिनमा देशकै सबभन्दा ठुलो पार्टि बन्नेमा यहाँका जनता आशाबादी रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी र राजपालाई फुटाउने गरेको अन्तिम कसरत र सडयन्त्रणलाई दुवैपार्टिबीच भएको एकताले असफल गरिदिएको छ ।

तराई मधेश सहित पहाडका जनताले समेत पार्टि एकिकरण गर्ने राजपा र समाजवादीका सम्पूर्ण नेताहरुलाई धेरै धेरै बधाई तथा सुभकामना दिएका छन । तत्कालीन समाजवादी पार्टिका नेता राजकुमार दासले ढिलो भए पनि जनताको अपेक्षा पूरा भएको बताउँछन् । त्यसैगरी यो खुशीको माहोललाइ मधेशमा कतिपय ठाउमा बाजा बजाएर दिपावली समेत मनाइएको समाचार प्राप्त भएको छ ।उनले दुई पार्टी अलग अलग हुँदा संघीय सरकारले पटक(पटक सरकार नै तोड्न चाहेको बताउँदै अब एकीकरण भएपछि यो सरकार पनि धेरै मजबुत भएको बताए । ‘जुन उद्देश्यले प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनुभयो, त्यो पूरा भएन,’ उनले भने, ‘बुधबार समाजवादी पार्टी फुटाउन सफल भएको भए प्रदेश २ सरकारमा असर पर्न सक्थ्यो ।’ प्रदेश २ सरकारलाई नै लक्षित गरेर प्रधानमन्त्रीले दल परिवर्तन सम्बन्धी अध्यादेश ल्याए पनि त्यो सफल हुन नसकेको नेता दासले टिप्पणी गरे । ‘यो अध्यादेश नै प्रदेश २ सरकार र यहाँका राजनीतिक दलप्रति लक्षित थियो,’ उनले भने, ‘तर, त्यो सफल हुन सकेन ।

 

 

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *