Loading...
कोरोना संक्रमण फैलिन नदिन रमजानका धार्मिक कार्य घरमै गर्न नेता अकरम पठानको आग्रह

कृष्णनगर, कपिलवस्तु, चैत्र १२ कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन अनुरोध गरेका हुन्‌ । कोरोनाको जोखिमलाई कम गरि आफू र अरुलाई जोगाउन रमजानका सम्पूर्ण कार्य आ-आफ्नो घरमा गर्न अपिल गरे। इस्लाम धर्मावलम्वीको पवित्र पर्व रमजान यही १३ गते दिनमा सुरू हुँदैछ। यो पर्वमा इस्लाम धर्मावलम्बीले एक महिनासम्म दिनभर निराहार ब्रत बस्ने गर्दछन्। रमजानका अवसरमा हुनसक्ने पारिवारिक भेटघाटलाई कम गर्न र सामाजिक दूरीलाई ख्याल गर्न पनि पठान ले अनुरोध गरे। कोरोना नियन्त्रणमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न र धार्मिक तथा सामाजिक सद्भाव सुदृढ गर्न सबैले आआफ्नो क्षेत्रबाट संयमता अपनाउन पनि अकरम पठानले अनुरोध गरे।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *