
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलनका क्रममा आफूलाई मधेसमा निषेध गरिएको विषयमा उनले शुक्रबारको बालुवाटार बैठकमै गुनासोको पोको खोलेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई मधेसमा प्रवेश समेत गर्न नदिने राजपा र समाजवादी जस्ता पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा पार्टीभित्रैबाटै विरोध भएको भन्दै असन्तुष्टि जनाएका थिए ।प्रधान मन्त्रि मा मधेश प्रवेश मा रोकेको इगो समेत देखिएको छ ।
प्रधानमन्त्रीले मधेशी दलमा राजनीतिक संस्कार नभएको समेत आरोप लगाए । ‘मधेसी दलमा राजनीतिक संस्कार नै छैन । त्यस्तो दलबाट केही साथीहरु बाहिरिन खोजेको सन्दर्भमा अध्यादेश आएको थियो तर पार्टीभित्रैबाट सहयोग भएन’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने, ‘मलाई मधेसमा निषेध गर्नेहरु उनीहरु नै हुन् । मैले पार्टीकै हितका लागि अध्यादेश ल्याउँदा यत्रो बबन्डर ?’
ratoparti.com बाट साभार
Facebook Comments