Loading...
नेता संजीव यादवद्धारा हावाहुरी र असिना पिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग

ओम प्रकाश यादव बैशाख १३ गते, रौतहट । जनता समाजवादी पार्टी  रौतहट क्षेत्र नं १ ख विधानसभाका अध्यक्ष संजीव कुमार यादवले रौतहटको हावाहुरी र असिना पिडितहरुलाई तत्काल क्षतिपुर्ति दिन सरकारसँग माग गरेका छन ।

हिजो रौतहटमा एक्कासी हावाहुरी सहित परेको असिना पानीले व्यापक रुपमा घर र बालीनालीमा क्षति पुरयाएको भन्दै अध्यक्ष यादवले पिडित परिवारहरुलाई क्षतिपुर्ति दिन केन्द्र, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गरेका छन । जिल्लाको कटहरिया नगरपालिकामा हिजो तीव्र गतिको हावाहुरीसँगै शुरु भएको असिना पानीले व्यापक क्षति पुर्याएको छ ।

कोरोना महामारीसँगै महिना दिनदेखि जारी लकडाउनबाट पीडि़तहरू हावाहुरी र असिना पानीले झनै समस्यामा परेका छन ्। असिना, हावाहुरी र वर्षाका कारण दर्जनौं घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको छ । भने आप, लिचि र अन्न् बालीमा समेत ठूलो क्षति पूर्याएको छ । सयौं हेक्टर जग्गामा किसानले लगाएको अन्न तथा तरकारीबाली नष्ट बनाएपछि किसान चिन्तित बनेका छन् । यो संकटपूर्ण अवस्थामा पीडितहरुलाई तुरुन्त राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न जनता समाजवादी पार्टी नेता संजीव कुमार यादवले माग गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *