Loading...
बाँकी वडाहरुमा तुरुन्त राहत बाँडन नेकपाका नेता जयमंगल यादवको माग

ओम प्रकाश यादव बैशाख १३ गते, रौतहट । नेपाल कम्युनिष्ट पार्टि नेकपाको रौतहट जिल्ला सदस्य तथा माधवनारायण नगरपालिकाको नगर कमिटि सचिव जयमंगल प्रसाद यादवले माधवनारायण नगरपालिकाको बाँकी वडाहरुमा पनि तुरन्त राहत बाँडन माग गरेका छन । कोरोना भाइरसका कारण जारी लकडाउनले गरिव परिवारहरु समस्यामा परेपछि समयमै राहत बाँडन प्रदेश सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको तिनसाता भन्दा बढि दिन भइसकेको छ तर अझै माधवनारायण नगरपालिकाले सबै वडामा राहत वितरण गर्न नसकदा गरिव परिवारहरु समस्यामा परेका छन ।

नेकपाका माधवनारायण नगर कमिटि सचिव जयमंगल यादवले समयमै राहत वितरण गरी गरिव परिवारको ज्यान जोगाउन नगर प्रमुख विरेन्द्र यादवसँग आग्रह गरेका हुन । नगरपालिकाको वडा नं १,२, ५,७ नं वडामा राहत वितरण भइसकेको भएपनि वडा नं ६ ३,४ र ८ मा अझै राहत वितरण हुन सकेको छैन । राहत वितरण गर्न बाँकी रहेको सबै वडाहरुमा तुरुन्त राहत बाँडनुपर्ने उनको माग छ । राहत वितरणमा राजनिति नगर्न र वास्तविक गरिव परिवारहरुलाई मात्रै राहत वितरण गर्न नेता यादवले मेयर यादव र माधोपुरका वडा अध्यक्ष राजीव यादवलाई आग्रह गरेका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *