Loading...
गरुडा नगरपालीका वाडा नम्बर ९ सिसवाटोल टोलमा राहत वितरण

रौतहटको गरुडा नगरपालीका वाडा नम्बर ९ सिसवाटोल टोलमा राहत वितरण गरिएको छ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका गरिव विपन्न तथा ज्यालामजदुरी गरि जीविकोपार्जन गरिरहेका परिवारलाई राहत वितरण गरिएको हो ।

गरुडा नगरपालीकाका नगर प्रमुख ईनु राय यादव र नम्बर ९ का वाडा अध्यक्ष राजेश सहनिको संयोजकत्वमा राहत वितरण गरिएको हो ।लकडाउनको चपेटामा परेका साथै नागरिकता जस्ता कुनै पनि कागजी प्रमाण नभएका विपन्न परिवारमा राहत वितरण गरिएको वाडा नम्बर ९ का वाडाअध्यक्ष राजेश सहनिले बताउनुभयो । प्रति परिवार २५ किलो चामल ,२ किलो दाल ,१ लिटर तेल ,१ किलो चिनि ,वितरण गरीएको सहनिले बताउनुभयो ।बताउनुभयो ।दैनिक ज्याला मजदुरी गर्दै आफ्नो जिविकापर्जन गर्दै आएका वाडा नम्बर ९ का २ सय परिवारलाई खाध्यान्न सहयोग गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *