
अहिले हिन्दुहरुको महान चाड जानकी महोत्सवको सुरुवात भएको छ भने मुस्लिमका लागि रमजानको सुरुवात भएको छ । यसै अवशरमा दशरथ नगर टोलका गरीब विपन्न परिवार र खास गरेर मुस्लिम परिवारलाइ नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनले पर्व मनाउन समस्या न होस भनेर दाता समाजसेवी दिपेन्द्र ठाकुरको सहयोग तथा दशरथ नगर टोल सुधार समाज र मिसन दहेज मुक्त समाजको सहकार्यमा टोलका १२० मुस्लिम परिवारलाइ राहत बितरण गरिएको छ । जनकपुरधाम वडा न-८ का दशरथ नगर टोल हिन्दु तथा मुस्लिमको समिश्रीत समाज हो। दशरथ नगर टोल सुधार समाजको तर्फ बाट सम्पुर्ण हिन्दुहरुमा जानकी पन्चमीको शुभकामनाका साथै मुस्लिम बर्गमा पनि रमजानको धेरै धेरै शुभकामना समेत बयक्त गरिएको छ । राहत सामग्रीको रुपमा चामल, दाल, आलु, प्याज, तेल, नुन, स्वायाबिन, चिउरा, भुजा, चना, चिनी र सेवइ रहेको थियो ।
Facebook Comments