Loading...
ओलीले धम्कि दिदै भने- “म कुनै पनि हालतमा राजिनामा दिन्न, सक्नु हुन्छ भने हटाएर देखाउनुस’

बर्तमान अध्यादेश प्रकरणपछि नेकपाको स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बामदेव गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकी भएर एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए । ओलीले यसको हिसाब किताब राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच बिबाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका छन् । नेता गौतमले भने -“तपाईंले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाईंको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईंको भलो हुन्छ ” । आक्रोशित ओलीले गौतमलाई धम्क्याउदै भने – “यो त अति भो पार्टी भित्रैबाट यति अम्मको षडयन्त्र हुन् सक्छ भनेर मैले सोचेको पनि थिइनँ । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ आँट छ भने हटाएर देखाउनुस् । श्रोतका अनुसार दुई नेताबीच लगभग आधा घण्टा यस्तो चर्काचर्की परेको थियो । आफूविरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हिसाब-किताब आफुसँग रहेको भन्दै गौतमलाई धम्क्याएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *