Loading...
रौतहटको गरुडा न.पा. ६ मा पहिलो दिन २ सय भन्दा बढी परिवारलाई राहत वितरण

ओम प्रकाश यादव बैशाख १४ गते, रौतहट । रौतहटको गरुडा नागरपालिका ६ पोठियाही र अमरपट्टी टोलमा ६५० जनालाई राहत वितरण हुने भएको छ । राहत वितरण कार्य आजदेखी शुरु गरिएको वडा अध्यक्ष अशोक यादवले बताएका छन । वडा अध्यक्ष यादवको सक्रियातामा राहत वितरण कार्य शुरु भएको हो ।

पहिलो दिन आज अमरपटि टोलमा २ सय भन्दा बढी गरिव परिवारहरुलाई राहत वितरण गरिएको छ । गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादव आफना हातले राहत बाँडेर अमरपटिमा राहत वितरण कार्य शुभारम्भ गरेका हुन । अमरपटि स्थित प्राथमिक विद्यालयमा वितरण गरिएको राहत अमरपटिका २ सय भन्दा बढी परिवारले पाएको वडा अध्यक्ष यादवको भनाई छ । बाँकी राहत वितरणको कार्य जारी रहने बताईएको छ । प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो नुन, तेल, चिनी, लगाएतका राहत सामग्रि वितरण गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *