Loading...
माधवनारायण र देवाही गोनाही न.पा.द्धारा राजधानीबाट अलपत्र परेकालाई गरियो उद्धार

ओम प्रकाश यादव बैशाख १४ गते, रौतहट । कोरोना भाईरसको कारण सरकारले लागु गरेको लकडाउनले राजधानी काठमाडौंमा अलपत्र परेकाहरुलाई रौतहटको स्थानीय तहहरु मधामध उद्धार गरी जिल्ला ल्याउन थालेको छ । जिल्लाको माधवनारयण, देवाही गोनाही, कटहरिया लगाएतका नगरपालिकाहरुले निशुल्क बस सेवा सञ्चालन गरेर काठमाडौंबाट सयौ व्यक्तिहरुलाई रौतहट ल्याएको छ । माधवनारायण नगरपालिकाले लकडाउनको समयमा काठमाडौंमा अलपत्र परेका १ सय १० जनालाई उद्धार गरी रौतहट ल्याएको छ । राजधानीबाट आएकाहरुमा महिला, पुरुष र बालबालिका समेत रहेका छन ।

काठमाडौंबाट आउने सबैलाई कोरोना चेकजाँच गरिएको र चेकजाँचको क्रममा कसैलारुई पनि कोरोनाको कुनै पनि लक्षण नदेखिएको भएपनि केहि दिनको लागि आ—आफनै घरको होम क्वारेन्टानमा बस्ने शर्तमा घर पठाइएको मेयर विरेन्द्र यादवले बताए । माधवनारायण नगरपालिकाका बासिन्दाहरु विभिन्न कामको शिलशिलामा राजधानी काठमाण्डौमा रहेको तर विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनको अवस्थाबाट गुज्रिरहदा कामधन्धाहरु बन्द भई खान लगाउन धौ धौ परिरहदा नगरपालिका ११० जनालाई काठमाण्डौबाट रौतहट ल्याईएको हो । लकडाउनको कारण वेरोजगार भएका जनताहरु एक महिना सम्म जिवन यापन जेनतेन गरे तर आब खान, घरभाडा तिर्न निकै गाह्रो हुनथाले पछि उनीहरुको अभिभावकको आग्रहमा बस पठाएर ल्याएको स्थानीयहतहरुले बताएको छ । आफुहरुलाई काठमाडौंबाट उद्धार गरी रौतहट ल्याएकोमा काडमान्डु बाट आएकाहरुले मेयर विरेन्द्र यादवलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि १ सय १० जनालाई काठमाडौंबाट उद्धार गरी रौतहट ल्याएको हो । काठमाडौंबाट आउनेहरुमा कसैलाई पनि कोरोनाको लक्षण नभेटिएको र डाक्टरहरुको सल्लाहमा उनिहरुलाई कोरोनाको लक्ष्ण नदेखिए पनि केहि दिनको लागि परिवारको सम्पर्कमा नआउँने शर्तमा होम क्वारेन्टाईनमा बस्न पठाएको नगर प्रमुख धर्मेन्द्र पटेलले बताएका छन । आफुहरुलाई काठमाडौंबाट उद्धार गरी रौतहट ल्याएकोमा काडमान्डु बाट आएकाहरुले मेयर धर्मेन्द्र पटेललाई धन्यवाद ज्ञापन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *