Loading...
ओलीलाई अधिकारीको कडा जवाफ: काण्डै काण्ड गर्नु भयो अब कति काण्ड गर्ने ? राजिनामा दिनुस

 

१५ वैशाख, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् ।

नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् ।केपी ओली पक्षले एकातिर पूर्वएमाले मिल्नुपर्छ भन्ने र अर्कोतिर प्रचण्डसँग पनि दुई अध्यक्ष मिलेर जानुपर्छ भन्ने दोहोरो भूमिका खेलिरहेको आरोप कतिपय सदस्यहरुले लगाएका छन् । केपी ओलीले काण्डै काण्ड गरिरहेको बेलामा अब

पनि कुर्सीमा बसिरहन सुहाउँदैन l कान्डै कान्डको सनसनी मचाउने ओलि अब पनि सत्तामा रहिरहे देश अझै ठुलो खाल्डोम फस्दै जाने छ ।भ्रष्टाचारीको मुख नहेर्ने भन्दै आएका प्रधानमन्त्री ओली भ्रष्टाचारीलाई काखी च्यापेर राखेको र भ्रष्टाचारै भ्रष्टाचारको समाचार छ्ताछुल्ल भएपछी जनताको ध्यान मोड्न हेलिकप्टरमा केक बोकेर तेह्रथुम लगेर काटेको र सबैको ध्यान उतै मोडाउन सफल भएको थियो । अहिले सांसद अपहरणको केस ओझेलमा पार्नलाइ मात्र थप १० दिन लकडाउन गरेका हुन् । संक्रमण हेरेर र १ हप्ताका लागि मात्र लक् डाउन लम्बयाउन सल्लाह पाएका ओलि सरकारले त्यो सल्लाहको वास्ता नै नगरी १० दिन थपे ।

यदि प्रम ओली संग नैतिकता थियो भने अर्को सरकार बनेको पनि महिनौ भैसकेको हुने थियो । कामको नाममा माखो पनि नमारेको सरकारले ६७/८० करोड राहत कहाँ कहाँ बाड्यो त ?गरिब जनता मज्दुर र श्रमजीवी बर्गको के हालत भएको होला ? कतिको चुलो बलेन होला ? उहालाई थाहै छैन । उट्पट्ट्याङ र उखान टुका हान्दै ओलीका दिन बितेको छ । हासी मजाक र रमाइलो मै बितेका छ्न ओलीका दिनहरु । आहातमा राहत दिने योजना खै कोरोनाका कारण बन्द भएका यातायात, पर्यटन ,लगायत निजि उद्द्योग र त्या आस्रित मजदुरको लागि के योजना छ ? केहि पनि छैन । प्रधानमन्त्री ज्यु राजिनामा दिनुस ।

उत्तम अधिकारी

युवा नेता

जनता समाजबादी पार्टी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *