Loading...
वडा अध्यक्ष राजीव यादवद्धारा माधोपुरमा आज २२५ परिवारलाई राहत वितरण

ओम प्रकाश यादव बैशाख १६ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा राहत वितरणको आज दोश्रो दिन २ सय २५ परिवारलाई राहत वितरण गरिएको छ । माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले वडा कार्यालयको प्रांगनमा आज २२५ गरिव परिवारहरुलाई राहत वितरण गरेका छन ।

प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो नुन, १ किलो खाने तेल र एक एक पिस साबुन वितरण गरिएको छ । सामाजिक दुरी समेत कायम गर्दैै ज्याला मजदुरी गरी खाने अति गरिव, असाहाय तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको वडा अध्यक्ष यादवले बताए । राहत वितरणको अवसरमा प्रहरी प्रशासनको साथै कांग्रेसका नेता राम सोगारथ साह, जनता समाजवादी पार्टिका विरझन यादव, सफिन्द्र यादव सहितको उपस्थिती रहेको थियो । राहत वितरण गर्नको निमित गरिव घर परिवार पहिचान तथा राहत वितरण समिति गठन भएको छ । सो समितिले पहिचान गरेको गरिव परिवारहरुलाई राहत वितरण भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *