Loading...
फतुवा विजयपुर नगरपालिका वडा नं ११ मा आज दोश्रो दिन २७५ परिवारलाई राहत वितरण

ओम प्रकाश यादव बैशाख १७ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नं ११ बोटवा रांगीमा आज दोश्रो दिन राहत वितरण गरिएको छ । नगर प्रमुख गोपाल प्रसाद यादवले आफना हातले राहत वितरण गरेका छन । नगर प्रमुख यादव बोटवा रांगी प्राथमिक विद्यालयमा अति गरिव परिवारहरुलाई राहत सामग्रि प्रदान गरेका हुन ।

बोटवा रंगीका २ सय ७५ परिवारलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, १ किलो नुन र १ किलो खाने तेल आज वितरण गरिएको छ । दुधिअवा प्रहरी चौकीका ईन्चार्ज राजनारायण साह, पत्रकार कृष्ण तिवारी र ओम प्रकाश यादवको रोहवरमा राहत वितरण गरिएको छ । फतुवा विजयपुर नगरपालिकाले हिजोदेखी वडा नं ११ बाट राहत वितरण गर्न शुरु गरेको हो । नगरभरीमा जम्मा ८ हजार परिवारलारुई राहत वितरण गर्ने योजना रहेको नगर प्रमुख गोपाल यादवले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *