
ओम प्रकाश यादव बैशाख १७ गते, रौतहट । रौतहटका विकास प्रेमी नेता एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्लामा आज मेडिकल सामग्रि र खाद्यान्न सहयोग गरेका छन । विश्व नै अहिले कोरोना भाइरससँग जुधिरहेका बेला राज्य मन्त्री यादवले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारमा प्रयोग गरिने व्यक्तिगत सुरक्षा इक्यूपमेंट पीपीई सहितका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाईटी रौतहट शाखालाई हस्तानत्रण गरेका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभा सदस्य एवं तत्कालिन समाजवादी युवा संगठनका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको पूर्ण सुविधा सहितको ५ सेट पीपीई ,साबुन , सैनिटाइजर ५ पीस र एन ९५ मास्क आफना हातले उपलब्ध गराएका हुन ।
मन्त्री यादवले उपलब्ध गराएको पीपीई सेटमा हेयर कैप ,आई कैप ,जुत्ता , माक्स , चस्मा र ग्लव्स , सेट रहेको छ । राज्य मन्त्री यादवलाइ नेपाल रेडक्रस सोसाईट रौतहटका महामन्त्री एवम बल्ड बैँकका संयोजक समेत रहेका राम अधार यादवले विपदको घडीमा चिकित्सकको सुरक्षाको निमित स्वास्थ्य सामग्री उपलब्ध गराई दिनु भएकोमा धन्यवाद ज्ञापन गरेका छन । त्यस्तै राज्य मन्त्री यादवले आफना क्षेत्रको विभिन्न गाउँमा गएर क्षेत्रवासीलाई मास्क, साबुन वितरण गर्नुका साथै गढीमाई नगरपालिका ८ को हिरमतपुरमा सय घर परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्रि समेत वितरण गरेका हुन ।
Facebook Comments