Loading...
अहिले राजिनामाको कुरा गर्दै नगर्नुस कोरोनाको समय छ – प्रधानमन्त्री केपी शर्मा ओली

सत्तारुढ दल नेकपाको बैठक सुरु हुनासाथ प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो – आज म बोल्दिनँ प्रचण्डजी बोल्नुस् । बुधबार ओलीको प्रस्ताव अनुसार अर्का अध्यक्ष प्रचण्डले बैठकमा आफ्ना कुरा राख्न थाल्नु भयो । सुरुमा नम्र शैलीमा बोल्न सुरु गर्नु भएका प्रचण्ड, बोल्दा बोल्दै आक्रमक बन्न पुगेका थिए । उहाले भन्नु भयो – केन्द्रीय कमिटीबाटै तपाईं पार्टी फुटाउन लाग्नुभयो । आफू पक्षीय भेला बोलाउने गर्नुभयो । यो तरिका ठिक भएन । ओलीलाई चुनौति दिँदै प्रचण्डले भन्नु भयो – अब राजीनामा दिएर पार्टी एकतालाई अक्षुण राख्नुस् । प्रचण्ड बोलेपछि ओलीले जवाफ दिदै भन्नु भयो – अहिले म राजीनामा दिन्नँ । कोरोनाको समय छ । बरु पछि बामदेवजीलाई कतैबाट चुनाव गराउँला र प्रधानमनत्री बनाउँला । माधवजीलाई तेस्रो अध्यक्ष बनाउन पनि म नै पहल गर्छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *