Loading...
रौतहटको माधवनारायण नगरपालिकाको राहत वितरण कार्य अन्तिम चरणमा

ओम प्रकाश यादव बैशाख १८ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा राहत वितरण कार्य अन्तिम चरणमा पुगेको छ । यस नगरपालिकामा जम्मा ९ वटा वडा रहेकोमा अहिलेसम्म ८ वटा वडामा राहत वितरण भइसकेको र अब वडा नं ३ सखुअवामा मात्रै राहत वितरण गर्न बाँकी रहेको नगर प्रमुख विरेन्द्र यादवले जानकारी दिनुभयो ।

सखुअवामा पनि भोलीदेखी राहत वितरण कार्य शुरु हुने मेयर यादवले बताउनुभयो । माधवनारायण नगरपालिका ८ पिप्रा रजवाडामा आज ३ सय ३६ घरपरिवारलाई राहत बाँडिएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेका अति गरिव, असाहाय तथा विपन्न परिवारहरुलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल ३ किलो आलु, १ किलो नुन, र १ किलो खाने तेल वितरण गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *