Loading...
कृषि राज्य मन्त्री योगेन्द्र यादवद्धारा धोविनियामा ७० परिवारलाई राहत वितरण

ओम प्रकाश यादव बैशाख १८ गते, रौतहट । रौतहटका विकास प्रेमी नेता एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्लामा आज गरिव परिवारहरुलाई खाद्यान्न सामग्रि सहयोग गरेका छन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभा सदस्य एवं तत्कालिन समाजवादी युवा संगठनका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले गढिमाई नगरपालिका ८ धोविनिया टोलमा आज ७० परिवारलाई राहत वितरण गरेका छन ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेका अति गरिव, असाहाय तथा विपन्न परिवारहरुलाई मन्त्री यादवले प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन, र आधी लिटर खाने तेल वितरण गरेका हुन । मन्त्री यादवले आफना संसदीय कोषको रकमबाट महामारीको समयमा राहत सहयोग गरेको स्थानीय जिनिशलाल यादवले जानकारी दिएका छन । यसअघि पनि हिजो मात्रै कृषि राज्य मन्त्री यादवले जिल्लामा कोरोनाबाट सुरक्षित रहन पिपिई सेट, मास्क, सेनिटाईजर सहितका स्वास्थ्य सामग्रिका साथै राहत पनि वितरण गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *