Loading...
राष्ट्र, राज्य र देशमा के भिन्नता छ ? जनता समाजवादीले भनेको बहुराष्ट्रिय राज्य के हो ?

राष्ट्र, राज्य र देशमा के भिन्नता छ ? जनता समाजवादी पार्टी नेपालले भनेको बहुल-राष्ट्रियतायुक्त राज्य(बहुराष्ट्रिय राज्य) भनेको के हो ?
जाति, भाषा, धर्म, संस्कृति, अर्थतन्त्र, इतिहास, मनोविज्ञान र भूगोको समरुपता भएको, यी आधारमा अरु समुदायभन्दा फरक प्रष्ट चिन्न सकिने मानव समुदायलाई राष्ट्र(Nation) भनिन्छ । कुनै राजनीतिक एकाईको शासन प्रशासन संचालन गर्न बनेका संगठन वा संयन्त्रलाई राज्य(State) भनिन्छ । राज्य निर्माणको क्रममा भएका शक्ति संघर्षबाट निर्धारित सीमानाभित्रको राजनीतिक एकाईलाई देश(Country) भनिन्छ ।
नेपाल एउटा देश हो । यो नेपाल-अंग्रेजसंग युद्धपछि भएको सुगौली सन्धि र नयाँ मुलुक सन्धिबाट पूर्व-पश्चिम, मेची-महाकाली, उत्तर हिमाल-दक्षिण दशगजा सीमाना भएको यो राजनीतिक एकाई हो । यसभित्र भएका उपरोक्त विशेषतासहितका मानव समुदाय राष्ट्र हुन् । मधेसी, थारु, राई, लिम्बु, तामाङ, नेवा:, मगर, गुरुङ, खस, शेर्पा आदि नेपालका मुख्य राष्ट्रहरु हुन् । यहाँको संसद, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारीतन्त्र आदि राज्य हुन् । एउटै देशभित्र धेरै वटा राष्ट्रहरु विद्यमान भएको हुंदा नेपाल बहुल राष्ट्रियतायुक्त राज्य हो भन्ने जनता समाजवादी पार्टीको ठहर हो । भारत, अमेरिका लगाएत विश्वमा कयौं मुलुकहरू बहुराष्ट्रिय राज्यहरू हुन् । भने चीन, जापान, कोरिया, अधिकांश युरोपेली मुलुकहरू लगाएतका देशहरू मूलतः एकल राष्ट्रिय राज्यहरु हुन् । नेपाललाई एकल राष्ट्रिय राज्य भन्नेहरु या त अल्प ज्ञानीहरु हुन् या एकल जातीय अहंकारवादीहरु हुन् ।

नेपालको संविधान धारा ३ मा राष्ट्रको परिभाषा यस्तो छः बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतमा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनिएको छ । त्यस्तै संविधानको धारा ४ मा (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मूख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । तसर्थ, जनता समाजवादी पार्टीको बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादको चाहनाले नेपालको संविधानले गरेको बहुल विशेषताको राष्ट्रको परिभाषालाई राजनीतिक भाषामा प्रष्ट पार्न खोजेको मात्र हो । यो शब्द संविधानको दायराभन्दा बाहिर छैन ।
त्यस्तै राष्ट्रको विश्वब्यापी परिभाषा अनुसार नेपालको विभिन्न सभ्यताबाट फुलेको भाषा, संस्कृति, भूगोल, मनोविज्ञान र आर्थिक ब्यवस्थाको आधारमा एकठाउँ बस्न चाहने आत्मिक भावना नै राष्ट्र (Nation) जाति हो ।

* सूत्रबद्ध रुपमा राष्ट्र हुनका आधारहरु :
१. पृथक भाषा र त्यससंग संबंधित लिपी ।
२. पृथक मानव सभ्यता(संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा आदि) ।
३. मानव भूगोल/थातथलो/क्लष्टर वस्ती ।
४. आर्थिक ब्यवस्था ।
५. ऐतिहासिक निरन्तरता ।
६. साझा मनोविज्ञान( जस्तैः हामी भन्ने एकताको भावना आदि) ।

उत्तम कुमार थिङ्ग तामांगको फेसबुकबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *