Loading...
कोरोना फैलन नदिन तथा थप सतर्कता अपनाउन साँझा दलका शर्माको सरकारलाई १० बुँदे सुझाव

ओम प्रकाश यादव रौतहट, बैशाख २१ गते । विवेकशील साँझा नेपाली दलका प्रदेश २ का कोषाध्यक्ष विवेक शर्माले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारलाई १० बुँदे सुझाव दिएका छन । पेशाले शिक्षक समेत रहेका कोषाध्यक्ष शर्माले आज प्रेस विज्ञप्ती निकालेर कोरोना भाइरस नियन्त्रणको लागि सरकारले घोष्णा गरेको लकडाउनको अझै पुर्ण रुपमा पाल्ना नभएको भन्दै यसलारुई थप कडाई गर्न तथा सतर्कता अपनाउन केन्द्र, प्रदेश र स्थानीय गरी तिनै तहको सरकारलाई ध्यानाकषर्ण गराएका छन ।

साथ साथै उनले भाईरसको प्रकोप फैलन नदिन विभिन्न किसिमका उपाए अपनाउन समेत सरकारलाई सुझाएका हुन । कोरोनाको कहरलाई कम गर्नकोलागि करिब महिना भन्दा बढी दिन देखि सरकारले लकडाउन जारी राखेको छ तर रौतहट जिल्लामा भने यसको पुर्ण रुपमा अझै पाल्ना हुन सकेको छैन । यसलाई कडाईको साथ लागु गर्न आम मानिसहरुलाई आवश्यक पर्ने खद्यान्न समाग्री, स्वास्थ्य समाग्री तथा अन्य समाग्रीहरुको होम डिलेभरीको व्यवस्था मिलाउन शर्माले विज्ञप्तीद्धारा सरकारलाई आग्रह गरेका हुन ।

त्यस्तै जिल्ला बाहिरबाट आएको नागरिकहरुलाई अनिवार्यरुपमा २ हप्ता सम्म क्वारेन्टाईनमा अनिवार्य बसाउँने, विना चेक जाँच भएको तरकारी गाउँघरमा कसैलाई पनि विक्रि गर्न नदिने पिपिई लगाएर मात्रै तरकारी बेच्ने अनुमति दिने, संक्रमित गाउँ टोलको साथै एक जिल्ला बाट अर्को जिल्लामा प्रवेश निषेध अनिवार्य रुपमा गराउने, यस जिल्लाको सिमा नाकाहरुमा प्रहरी प्रशासन दिनरात मिहिनेत गरी ड्युटी गरे ता पनि भारतबाट चोरबाटो भएर प्रत्येक दिन मानिसहरु नेपाल प्रवेस गरिरहेकाले त्यसलाई रोक्न रातीको समयमा ठुला ठुला टर्च लाईट सहित प्रहरीलाई गस्ती गर्न लगाउने तथा अहिले केही समयको लागि भए पनि तारबाट घेराबेरा लागाउँनुपर्ने लगाएतका उनले सुझाव दिएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै कोरोनाका कारण जारी लकडाउनको मौका छोपी भइरहेको कलाबजारी रोक्न कलाबजारी गर्नेलाई कडा दण्ड सजाएको व्यवस्था गर्नुपर्ने, दैनिक रुपमा ज्यालादारी गरेर खाने व्यक्तिहरुलाई मात्र राहतको प्याकेज सरकारले ल्याएपनि गरिवभन्दा पनि हुने खानेले राहत पाएकोले गरिवलाई मात्रै राहत दिनुपर्ने, कतिपय ठाउँमा राहत वितरणमा लापरवाही र अनियमितता भएकोले त्यसको अनुगमण गरी गरिवको राहतमाथी खेलवाड गर्ने उपर कडा भन्दा कडा कार्यवाही गर्नुपर्ने, क्वारेन्टाईनहरुमा अझै चाहिने जती स्वास्थ्य सामग्रि पुग्न नसकेकोले जिल्ला भित्र रहेको क्वारेन्टीनको स्थगल निरिक्षण गरी आवश्यक पर्ने समाग्री उपलब्ध गराउँनुपर्ने, क्वारेन्टीनमा खटने चिकित्सक तथा जिल्ला भरी सुरक्षामा खटिरहने सुरक्षा कर्मीहरुलाई व्यक्तिगत रुपमा आवश्यक पिपिई उपलब्ध गराउँनुपर्ने र संक्रमण देखिएको स्थानहरु तथा जिल्ला भरीको बजार क्षेत्रमा अनिवार्यरुपमा सेनिटाइज गर्नुपर्ने विवेकशील साँझा नेपाली दलका प्रदेश कोषाध्यक्ष विवेक शर्माले माग गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *