Loading...
रौतहटको विरनगरा माधोपुर सडकखण्ड विस्तार एवं कालोपत्रे हुँदै

ओम प्रकाश यादव रौतहट, बैशाख २३ गते । रौतहटको विरनगरा देखी माधोपुरसम्मको सडक अब कालोपत्रे हुने भएको छ । जिल्लाको गढिमाई नगरपालिकाको विरनगरा देखी माधवनारायण नगरपालिका ६ माधोपुरसम्म सडक कालोपत्रे गर्न अहिले सडक विस्तारको काम तिव्र गतिमा भइरहेको छ । उक्त सडकलाई ९ मिटर चौडा विस्तार गर्ने काम भइरहेको छ ।

सडक विस्तारको काम सकिनेवितिकै कालो पत्रे गर्ने काम शुरु हुनेछ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर मार्फत भइरहेको सडक विस्तार तथा कालेपत्रे गर्ने जिम्मा ढुकुचु कन्ट्रक्सन कम्पनीले पाएको छ । विरनगर गाउँदेखी माधोपुरसम्म ७ मिटर कालोपत्रे अर्थात पिच गर्ने र पिचको दुवै तर्फ एक एक मिटर गरी दुई मिटर ग्रेभल गर्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहले बताउनुभएको छ ।

यसअघि दशक भन्दा बढी दिनदेखी उक्त सडक जिर्ण रहेको कारण माधोपुर, विरनगरा, मलाहीटोल, सिंगारमन धर्मपुर, लौकाहा, फुलबरीया, खडकी रजवाडा, लौकाहा सहित दर्जनौ गाउँका बासिन्दाहरुलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदैआएको छ । दशकौपछि जिर्ण सडक एकैचोटी कालेपत्रे हुन लागेपछि माधोपुर सहित गाउँका नागरिकहरु निकै हर्षित भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *