Loading...
कृष्णनगर नगरपालिका नगर प्रमुख शाहद्वारा सीमा नाकाको अनुगमन

अजय मिश्र, कृष्णनगर कपिलवस्तु वैशाख २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको टोलीद्वारा सीमा नाकाको अनुगमन गरिएको छ । कृष्णनगर नगरपालिकाको क्षेत्र भित्र पर्ने नेपाल भारत जोड्ने सीमा नाकाको अनुगमन गरिएको छ । विश्व कोरोना भाइरस (COVID-19) महामारीको चपेटमा परेको अवस्थामा नगर प्रमुख शाह सहितको टोलीले सीमा नाकाको अनुगमन गरेको छ। कार्यपालिका सदस्य सुनिल मोदनवाल र कृष्णनगर सशस्त्र प्रहरी बल नेपाल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल कुमार शाही सहितको टोलीद्धारा सीमा नाकाको अनुगमन गरिएको हो । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा खटि आफुले पाएको जिम्मेवारी त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै सुरक्षा व्यवस्था मजबुत तुल्याएको भनी नगर प्रमुख शाहले बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *