
चाइनाको हुयान शहरबाट सुरुभएको कोरोना कोभिड १९ को असर संसारभरि फैलिरहेको अवस्थामा आर्थिक जगत सामाजिक जगत र शैक्षिक जगत पनि यसबाट प्रभावित बनेको छ। नेपालमा पनि यसको असर विस्तारै विस्तारै बढ्दै गइरहेको छ । यसै दौरानमा विभिन्न शैक्षिक संघसंस्थाहरु पनि बन्द भए र पठनपाठन हरु सबै ठप्प नै छन्। हुनपनि प्राथमिकताको हिसाबले पनि स्वास्थ्य र सुरक्षा पछि मात्रै शैक्षिक कुराले प्राथमिकता पाउने हो ।
यस्तै शैक्षिक संघसंस्थासँग आबद्ध भएको नाताले केही समय सान्दर्भिक मनमा उब्जेका प्रश्नहरुलाई उजागर गर्न मन लागेको छ । एक हिसाबले हेर्ने हो भने यो महामारी को अवस्थामा पनि अहिलेको सूचना तथा प्रविधिको विकासले गर्दा विभिन्न स्कूल-कलेज र विश्वविद्यालयहरुले आफ्नो पढाइलाई सुचारु गर्नको लागि विभिन्न प्रकारका एप्लिकेसनहरू प्रयोग गरेको देखियो भोगियो पनि। जस्तो कि जूम माइक्रोसफ्ट टिम मेसेन्जर आदि ।यि एप्लिकेसनहरू प्रयोग गरेर अनलाइन कक्षा सञ्चालन गरेको देख्दा, पठनपाठन सुचारु हुदा र आफु पनि त्यस्तो क्रियाकलापमा प्रत्यक्ष सहभागी हुन पाउँदा खुसी नै लाग्छ । अझ महत्व पुर्ण कुरा त के छ भने यस्ता सूचना तथा प्रविधीको प्रयोग गरेर शैक्षिक क्रियाकलापलाई ठप्प नहुनको लागि प्रयास गरेको देख्दा लाग्छ हाम्रो देश नेपाल पनि केमा नै कम छ र । समयको बदलाव संग संगै हामी पनि आफूलाई परिस्कृत गर्दै समयानुकूल विश्वसामु योग्य ठहराउन लागिपरेको जस्तो पनि भान हुन्छ। यस्तो प्रयोगले एकातिर विद्यार्थी र शिक्षक वर्गहरुलाई क्रियाशिल बनाउन मद्दत गरिरहेको छ भने अर्कोतिर पठनपाठन हरुपनि निरन्तर संचालन गर्नमा मद्दत भइरहेको छ ।
तर यसको कतिपय राम्रो पक्ष र महत्व हुँदाहुँदै पनि, यस प्रविधिबाट शैक्षिक क्रियाकलापहरु सञ्चालन गरिरहँदा यस सँग अन्तर निहित केही प्रश्नहरुलाई भने सम्बोधन गर्नुपर्ने देखिन्छ । र केही निश्चित कुराहरुमा सम्बन्धित निकाय स्पष्ट हुनुपर्ने जरुरी छ । भौगोलिक हिसाबले भिन्नभिन्न स्थानमा रहेका शिक्षक र विद्यार्थीहरुलाई एउटै भरचुअल कक्षाकोठामा अध्ययन अध्यापन गरिरहदा उब्जेका यि केहि प्रश्नहरु यस प्रकार छन, जस्तो कि; यी अन्लाइन क्लास र यी सिस्टमहरु सर्टटर्म हुन कि लङ्गटर्म ?, सबै बिषयलाई अन्लाइन उपयोगी छ त ? (उदहरण का लागी बिज्ञान का प्रयोगशाला हरु), हामी सँग अन्लाइन सिस्टममा जाने इन्फ्रास्ट्रक्चर प्रयाप्त छ्न त ? हाम्रो परम्परगत टिचिङ पेडागोजि लाई अपडेट गर्न जरुरी छ कि नाइ ?, हामी सँग भएका मानब सम्साधनहरु प्रयाप्त र सक्षम छन ?, मोबाइल र कम्प्युटर चलाउन मात्र जान्नु र कम्प्युटर लिटरेसी एउटै कुरा हो त ?, मोबाइलमा एक घन्टा को लागी लिएको डाटाले पुग्छ कि नाइ? कति क्यापासिटीको इन्टरनेट सहित कम्प्युटरको आबश्यकता छ क्लासको लागी ? ,मुल्यान्कन गर्ने आधार के हो ? परीक्षा प्रणाली कस्तो हुन्छ ?, इन्टरनेट्को पहुच कति प्रतिशतसँग छ र कती क्षमताको छ?, स्कूल कलेज भनेको पाठ्यक्रममा भएको कुरा मात्र सिक्ने ठाउ हो कि, समुहमा काम गर्ने, समय ब्यबस्थापन गर्ने, एक अर्कालाई चिन्ने, बिपरित बिचार, सस्कृति मुल्यमान्यता भएकासँग मिलेर काम गर्न सिक्ने ठाउ पनि हो ?, भोलीको दिनमा यो भन्दा बिकराल माहामारी आयो भने के छ बैकल्पिक शैक्षिक योजना ?, केहि समय भुलाउन र फेसन अनुसार चल्न मात्र हो कि, दिर्घकालिन रुप मै यसको पूरवाधार र ब्यबस्थापन गर्न जरुरी छ ?, यि हाम्ले प्रयोग गरिरहेका एप्लिकेसन हरु के का लागी बनेका हुन , स्कुल्, कलेज युनिभर्सिटी को लागी नै भनेर कस्ट्माइज बनेका हुन कि मात्र बैकल्पिक हुन ? के अहिलेको माहामारीले बिश्वको शैक्षिक अबधारणालाई बैकल्पिक बाटो अपनाउनु पर्ने अपरिहार्य बनायेकै हो त ?, बिकसित देशहरुले यस्को ब्यबस्था के कसरी गर्दै छन त ? आदी इत्यादी ।
हुन त प्रश्नहरु मात्र उठाएर पुग्दैन यस्को समाधान को बाटो पनि खोज्नु जरुरी छ । र पनि यस्ता प्रबिधीहरु को प्रयोग गरिरह्दा अरु सामाजिक् अन्तर्कृया, सान्स्कृतिक र नैतिक आयाम हरु, यस्को समययाबधि, बिस्वसनियता, योग्यता, उपलब्धता र ब्यबहारिकता लाई हेरेर प्रयोग गर्नु बान्छनिय हुन्छ होला । त्यसकारण हाम्रा युनिभर्सिटि, स्कूल कलेज, शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायले यी बिषयहरु को बारेमा दिर्घकालिन योजना ल्याउनु पर्ने अपरिहार्य छ नत्र अन्लाईन क्लास एक फगत भुलाउनी बाटो र फेसन मात्र हुन पनि बेर छैन ।
Facebook Comments