Loading...
लोकतन्त्रविरोधी हर्कत गर्न छोड्नुस, जीर्ण शरीरलाई आराम दिनुस्, राजिनामा दिनुस् – बाबुराम

२६ वैशाख, काठमाडौं । जनता समाजबादी पार्टी का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन नै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा मागेका हुन् । उहाँले भन्नुभयो – “जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।

राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उहाँले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको समेत बताउबु भयो । उहाँले भन्नुभयो -“उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ? ” उहाँले टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्र विक्रम चन्द विप्लव समूहलाई क्षमादान दिएर सहमतिमा ल्याउन समेत माग गर्नु भएको छ ।

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गर्नु भयो । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ । डा भट्टराइले भन्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *