
२६ वैशाख, काठमाडौं । शुक्रबार संसदलाई सम्वोधन गर्दै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताएका छन् । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको समेत बताउनु भएको हो ।
महतोले भन्नु भयो – “जनता महामारीबाट पीडित छ, यहाँ त अर्कै धन्दा पो भइरहेको छ । सरकार पार्टी फोर्ने, सांसद चोर्ने ? सांसद अपरहण गर्ने ? गराउने ? लागेको छ ।
सांसद डा सुरेन्द्र यादवको अपहरण गरेर सरकारले गुण्डा लगाएर अपहरण गर्ने गरेको छ अरु के नै गर्न सक्छ ।
Facebook Comments