Loading...
मौलापुर नगरपालिकाद्धारा जिल्लामै सबभन्दा अगाडि दोश्रो चरणको राहत वितरण शुरु

ओम प्रकाश यादव रौतहट, बैशाख २७ गते । रौतहटमा दोश्रो चरणको राहत वितरण कार्य शुक्रवारबाट शुरु भएको छ । रौतहटको मौलापुर नगरपालिकाले जिल्लामै सबैभन्दा अगाडि प्रदेश २ सरकारले उपलब्ध गराएको दोश्रो चरणको राहत वितरण कार्य शुरु गरेको हो । जिल्लामै पहिलो पटक आर्थिक स्थिती कमजोर भएका छोरीको विवाहका लागि २५ हजार, गरिवको घर बनाउने काम देखी लिएर अन्य कयौ उदाहरणीय काम गरेर देशमा एउटा छुटै पहिचान बनाउन सफल मौलापुर नगरपालिकाले सबभन्दा पहिले दोश्रो चरणको राहत वितरण गर्ने नगरपालिका बनेको छ । रौतहटमा २ गाउँपालिका र १६ वटा नगरपालिका गरी जम्मा १८ वटा स्थानीयतह रहेको छ ति मध्ये अरु स्थानीय तहहरु राहत खरिद प्रक्रियामै अडकिएको बेला मौलापुर नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्य शुरु गरेको हो । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले गरिव तथा विपन्न वर्गहरुलाई गुजारा चलाउन मुस्किल भएको कारण प्रदेश २ सरकारले केहि दिन अघि मात्रै दोश्रो चरणको राहत प्याकेज घोष्णा गरेको थियो । प्रदेश सरकारले प्रत्येक स्थानीय तहहरुलाई घरेलु तथा साना उद्योग कार्यालयसँग राहत खरीद गरी वितरण गर्न निर्देशन दिएको छ । सोहि निर्देशन बमोजिम मौलापुर नगरपालिकाले साना उद्योग कार्यालयसँग राहत खरीद गरी वितरण गर्न थालेको छ । यस नगरपालिका भित्र बसोबास गर्ने ७ हजार घरधुरीलाई नै राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत साहका अनुसार खेतवारी भएकाहरुलाई ३० किलो धानको विउ र खेतबारी नभएका परिवारहरुलाई प्रति परिवार २० किलो चामल, २ किलो दाल र १ किलो नुन वितरण भइरहेको छ । नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्य शुक्रवारदेखी वडा नं ६ पथरा बुधरामबाट शुरु गरेको हो । पहिलो दिन पथरा बुधरामका ४ सय ४२ परिवारलाई घरेलु तथा साना उद्योग कार्यालयको प्राप्त सहयोगबाट प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल, आधा किलो स्वाबीन र एक पिस साबुन वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *