Loading...
कृषि राज्य मन्त्री योगेन्द्र यादवद्धारा संचारकर्मीहरुलाई पिपिई लगाएतको मेडिकल सामग्रि सहयोग

ओम प्रकाश यादव रौतहट, बैशाख २८ गते । रौतहटमा एक प्रदेश सांसदले पत्रकार, कर्मचारी र स्वास्थ्यकमीहरुलाई सयौ थान मेडिकल सामग्रि वितरण गरेका छन । प्रदेश सांसद एवं प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहटका पत्रकारहरुलाई आईतवार मेडिकल सामग्रि वितरण गर्नुभएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रही रिपोर्टिंग गर्नको लागि कृषि राज्य मन्त्री यादवले यस जिल्लाका केहि पत्रकारहरुको लागि पत्रकार ओम प्रकाश यादव र कृष्ण तिवारीलाई पिपिई, थर्मलगन, एन ९५ मास्क, सेनिटाईजर सहितको स्वास्थ्य सामग्रि प्रदान गरेका हुन ।

 

यादव र तिवारी मार्फत जिल्लाका अन्य संचारकर्मीका लागि स्वास्थ्य सामाग्री बितरण गरेको राज्य मन्त्री यादवले बताएका छन् । रौतहट निर्वाचन क्षेत्र नं १ ख विधानसभाबाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य समेत रहनुभएका राज्य मन्त्री यादवले पत्रकार यादव र तिवारीलाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पुर्ण सेट सहितको ५ थान पिपिई, ५ वटा थर्मल गन, १५ पिस एन ९५ मास्क, ५ लिटर सेनिटाईजर, ग्लब्स लगाएतका मेडिकल सामग्रि हस्तान्त्रण गर्नुभएको छ ।

महामारीको समयमा आफना ज्यान जोखिममा राखेर पनि रिपोर्टिंग गर्ने पत्रकारहरुलाई कोरोनाबाट जोगाउन आफु विभिन्न किसिमका स्वास्थ्य सामग्रि सहयोग गरेको राज्य मन्त्री यादवले बताउनुभयो । त्यसतै मन्त्री यादवले आईतवार मात्रै जिल्लाको गौर नगरपालिकाका कर्मचारी सहित विभिन्न स्वास्थ्य चौकीहरुलाई पनि मेडिकल सामग्रि वितरण गरेका हुन । मन्त्री यादवले गौर नगरपालिका, स्वास्थ्य चौकीहरु सखुअवा, खेसरहिया, भेडियाही लगाएतका स्वास्थ्य चौकीहरुलाई पाँच पाँच थान पुर्ण सेट सहितको पिपिई, एक एक थान थर्मलगन, १५,१५ वटा एन ९५ मास्क, सेनिटाईजर र गलब्स वितरण गरेका हुन ।

महामारीको यो बेला पत्रकार जस्तै कर्मचारी र स्वास्थ्यकमीहरुलारुई समेत कोरोना भाइरस सर्न सक्ने सम्भावना रहेको हुँदा उहाँहरुलाई कोरोनाबाट सुरक्षित राख्न आफुले सानो सहयोग स्वरुप मेडिकल सामग्रि वितरण गरेको मन्त्री यादवले बताउनुभयो । उहाँले यसभन्दा पहिले पनि जिल्लाको अधिकांश क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र सर्वसाधारणहरुलारुई सय भन्दा बढी थान पिपिई, मास्क, सेनिटाईजर लगाएतका मेडिकल सामग्रि हस्तान्त्रण गरिसक्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *