Loading...
विकास पुरुष नेता यादवद्धारा पत्रकार र स्वास्थ्यकर्मीहरुलाई मेडिकल सामग्रि सहयोग

ओम प्रकाश यादव रौतहट, बैशाख २९ गते । रौतहटका विकास पुरुष योगेन्द्र यादवले त्रियाशील पत्रकार र स्वास्थ्यकमीहरुलाई सय भन्दा बढी थान मेडिकल सामग्रि वितरण गरेका छन । प्रदेश सांसद एवं प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज दोश्रो दिन रौतहटमा कार्यरत क्रियाशील पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखालाई स्वास्थ्य सामग्रि हस्तान्त्रण गरेका छन । जनता समाजवादी पार्टिका प्रभावशाली नेता समेत रहेका कृषि राज्य मन्त्री यादवले महासंघका अध्यक्ष रविन्द्र साह र सचिव गौतम श्रेष्ठलाई उक्त मेडिकल सामग्रि हस्तान्त्रण गरेका छन । अध्यक्ष साह र सचिव श्रेष्ठ मार्फत राज्य मन्त्री यादवले पत्रकार महासंघमा आवद्ध र अन्य त्रियाशील पत्रकारहरुको लागि पुर्ण सेट सहित २० थान पिपिई, २० थान सेनिटाईजर, २ वटा थर्मलगन, ५० थान एन ९५ मास्क, सय थान सर्जिकल मास्क लगाएतका स्वास्थ्य सामग्रि हस्तान्त्रण गरेका छन । महामारीको समयमा आफना ज्यान जोखिममा राखेर पनि रिपोर्टिंग गर्ने पत्रकारहरुलाई कोरोनाबाट जोगाउन आफु विभिन्न किसिमका स्वास्थ्य सामग्रि सहयोग गरेको राज्य मन्त्री यादवले बताएका छन । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रही रिपोर्टिंग गर्नको लागि कृषि राज्य मन्त्री यादवले हिजो पनि जिल्लाका केहि पत्रकारहरुको लागि पत्रकार ओम प्रकाश यादव र कृष्ण तिवारीलाई पिपिई, थर्मलगन, एन ९५ मास्क, सेनिटाईजर सहितको स्वास्थ्य सामग्रि प्रदान गरेका थिए । रौतहट निर्वाचन क्षेत्र नं १ ख विधानसभाबाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका राज्य मन्त्री यादवले पत्रकारलाई मात्रै नभएर केहि स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सामग्रि वितरण गरेका छन । कृषि राज्य मन्त्री यादवले माधोपुर, पचरुखी छतौना, धर्मपुर, भलोहिया लगाएतका स्वास्थ्य चौकीहरुलाई गरी जम्मा ५० भन्दा बढी थान पिपिई, सय भन्दा बढी थान एन ९५ मास्क, १५ वटा थर्मलगन, सय भन्दा बढी सेनिटाईजर, गलब्स लगाएतका मेडिकल सामग्रि सहयोग गरेका हुन । महामारीको यो बेला पत्रकार जस्तै स्वास्थ्यकमीहरु प्नि कोरोनाको उच्च जोखिममा रहेका कारण उनिहरुलाई पनि कोरोनाबाट सुरक्षित राख्न आफुले सानो सहयोग स्वरुप मेडिकल सामग्रि वितरण गरेको मन्त्री यादवले बताए । मन्त्री यादवले पटक पटक गरी अहिलेसम्म रौतहटका पत्रकार, कर्मचारी, प्रहरी , स्वास्थ्यकर्मी र जनताहरुलाई गरी हजारौ सिप पिपिई, एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाईजर, गलब्स लगाएतका स्वास्थ्य सामग्रि वितरण गरिसकेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *