Loading...
रौतहटमै पहिलो पटक दुई स्थानीय तहद्धारा स्यानिटाईजिङ टनेल सञ्चालन

ओम प्रकाश यादव रौतहट, जेष्ठ १ गते । विश्वमै महामारीको रुपमा तिव्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरस संक्रमणबाट सेवाग्राहिलाई सुरक्षित राख्न रौतहटको दुई स्थानीयतहले एकैसाथ स्यानिनिटाईजिङ टनेल सञ्चालन गरेको हो । जिल्लाको गरुडा र कटहरिया नगरपालिकाले रौतहटमै पहिलो पटक मंगलवारदेखी यो स्यानिनिटाईजिङ टनेल सञ्लानमा ल्याएको हो । पछिलो समय विश्वका अन्य देशहरुसँगै नेपालमा समेत कोराना भाईरसको संक्रमण धेरै मात्रामा बढन थालेपछि गरुडा र कटहरिया नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको हो । सेनिटाईजिङ टनेलको प्रयोगले कोरोना भाईरसको संक्रमण नियन्त्रणमा मद्धत पुग्ने बिश्वास लिइएको छ । टनेल भित्र प्रवेस गर्ने वितिकै त्यसमा जडान गरिएको मेसिनले आफै स्यानिटाईज गरिदिने व्यवस्था गरिएको छ त्यसैले यो प्रविधिले कोरोनाको जिखिमलाई हदसम्म नियन्त्रण गर्न सकिने विश्वास लिईएको गरुडा नगरपालिकाका मेयर ईनु राय यादवले जानकारी दिनुभएको छ । कार्यालयको प्रबेश द्धारमा राखिएको सेनिटाईजिङ टनेलले कार्यालय आउने सेवाग्राही र कर्मचारीहरुलाई राहत पुग्ने विश्वास लिइएको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले बताउनुभयो । कोरोनाका कारण विश्व नै अहिले जटिल एवं असहज परिस्थितीबाट गुज्रिरहेको अवस्थामा आम जनताको जिउ ज्यानको सुरक्षाको लागि नगर प्रमुख यादव र कुश्वाहाले गरेको यस कार्यको सबैले सराहना समेत गरेका छन । आफना विभिन्न कामले नगरपालिकामा आउने सेवा ग्राहीहरुलाई संक्रमण बाट सुरक्षित राख्नको निमित सुचारु गरिएको सेनिटाइजिङ टनेलले आम जनता, जन प्रतिनिधि र कर्मचारी समेतले यसबाट सुरक्षित महसुस गरिरहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *